लोपउन्मुख धागड समुदायको संस्कृति प्रवद्र्धन अभियान शुरु
नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार १८:२६:३१
१७ फागुन, बीरगंज । लोपउन्मुख जातिको रुपमा सुचिकृत तराईमा बसोवास गर्ने धागड जातिको धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न वीरगंजमा धागड समुदायिको संस्कृति प्रबद्र्धन अभियान शुरु भएको छ ।
हाम्रो संस्कृति हाम्रो अभियान, धागड समुदायको संस्कृति प्रबद्र्धनमा युवाको अभियान कार्यक्रम अन्तरगत आज वीरगंज महानगरपालिका वडा नम्बर ३१ सोलखपुरमा धागड समुदायको भेषभुषा, संस्कृति र परम्पराको झाँकी, नृत्य प्रस्तुत गरिएको थियो ।
वीरगंज महानगरपालिका, एसियन फर पिस रिसर्च एण्ड डेभलम्पमेन्ट, शान्ति मेलमिलाप केन्द्रद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले उद्घाटन गर्दै लोपउन्मुख जातिको धर्म, संस्कृतिलाई संरक्षण गर्दै विश्व माझ आफ्नो मौलिक प्रस्तुति देखाउन सके पर्यटनलाई आकर्षित गर्दै आय आर्जन समेत गर्न सकिने कुरामा जोड दिए ।
कार्यक्रममा वक्ताहरुले लोपउन्मुख धागड समुदायको संस्कृति, परम्पराको संरक्षण गर्दै नेतृत्व तथा क्षमता विकासका लागि आर्थिक, सामाजिक र राजनैतिक सशक्तिकरणको आवश्यकता रहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका रेडियो नेपालका पर्सा सम्वाददाता ध्रुव अधिकारीले लोपउन्मुख जनजातिको रुपमा रहेका धागड समुदायको भेषभुषा, रितिरिवाज, धर्म संस्कृतिको प्रचार प्रसारमा संचारकर्मीहरुको भूमिका समेत महत्वपूर्ण रहेको बताए ।
अल्पसंख्यक पिछडिएको जनजातिको रुपमा रहेको धागड समुदायको वीरगंज महानगरपालिका वडा नम्बर ३१ र ३२ मा बसोवास रहेको छ ।
शान्ति मेलमिलाप श्रोत केन्द्र पर्साका अध्यक्ष रमाकान्त चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानिय बुद्धिजीवी, संचारकर्मी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार