शेयरबजार र समुन्द्रमा मान्छे कसरी र किन डुब्छ ?
नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार १९:११:५१
♦अर्जुन तिमिल्सिना
पुँजीबजारमा मुख्य दुई चिज हुन्छन । पहिलो हो लोभ र दोस्रो हो डर । बजार जतिजति बढ्दै जान्छ मान्छेमा लोभ पनि बढ्दै जान्छ । बजार बढ्दा दैनिक लाभ भएको हुन्छ । यस्तो अबस्थामा मान्छेमा लोभले काम गरेको हुन्छ । आजै किन बेच्ने ? दैनिक पोर्टफोलियो बढेको बढै हुन्छ ।
लगानीकर्ता आफ्नो पोर्टफोलियो हेरे दंग पर्छ । उसलाई लाग्छ, गर्नुपर्ने त खास यो पो रहेछ । दैनिक पैसा फल्ने शेयरबजार साँच्चिकै अच्चमकै बोट रहेछ । उसले भित्रभित्रै सोच्छ, म त आजसम्म पछि परेछु ,अब ढिलो गर्न हुन्न । उसले पहिला आँफुसँग भएको पैसा लगाउँछ । त्यसपछि साथीभाई, बैंक र आफन्तबाट सरसपाटी गरेर लगाउँछ । यता बजार दैेनिक बढेको बढै हुन्छ । अरुले बजार घट्छ भन्दा पनि उसले सुन्दैन र बिश्वास पनि गर्दैन ।
अब उसले बैंक तथा वित्तीय क्षेत्र सबैतिरबाट आफुले पाएको सबै पैसा ल्याउँछ र बजारमा लगानी गर्छ । यस बेलासम्म उ आफ्नो क्षमता भन्दा बढीको भारी बोकिसेकेको हुन्छ । बजार दैनिक बढेको हुन्छ । उसले आफूलाई शेयरबजार सम्बन्धि निकै जान्नेबुझ्ने मानेर सामाजिक सञ्जालदेखि आफुले भेटेका सबैसँग शेयरबजारको बर्णन सुनाउ थाल्छ । उसमा एक किसिमको आवेग र उत्तेजना पैदा हुन्छ । एकातिर लगानीकर्ता आफ्नो पोर्टफोलियो हेरेर दंग परेको हुन्छ भने अर्कोतिर ओभरलोड भएर सीडीएसीको मेरो शेयरले काम गर्नै छाडेको हुन्छ ।
विश्व शेयरबजारका गुरु वारेन बफेटले आफ्नो पुस्तकमा लेखेका छन्, संसारमा आवेग र उत्तेजना तीन चीजमा हुने गर्छन । पहिलो हो, मादकपदार्थ, दोस्रो हो सम्भोग (सेक्स), तेस्रो हो शेयरबजार । शेयरबजार पनि त्यही ठाँउ हो, जहाँ मान्छेले बजार बढ्दै गर्दा होस गुमाएको हुन्छ ।
शेयरबजार सँधै बढ्दैन एउटा तहमा पुगेपछि बिस्तारै नियामक निकाय सक्रिय हुन्छन् । उनीहरुले बिस्तारै बजार नियन्त्रणका उपाय चाल्छन । बिभिन्न मौद्रिक नीति तथा वित्तीय औजार प्रयोग गरेर बजार नियन्त्रण गर्न थाल्छन । अन्त्वागत्वा बजार झर्न थाल्छ । अल्पकालिन समयलाई भन्ने हो भने शेयरबजारमा कसैले गुमाएर नै कसैले कमाउने हो । रगत नबगाई मासु हुन्न भने जस्तै कसैले गुमाएर नै कसैले कमाउने ठाउँ भनेको शेयरबजार नै हो ।
अब एकैछिन् जाउँ समुन्द्रतिर । हामी भुपरिवेष्टिक मुलुकमा जन्मेका नेपालीलाई समुन्द्र नयाँ छ, जसरी युरोप अमेरिकामा जन्मेका विदेशी सरमेडमलाई हाम्रो डाँडकाँडा र हिमाल नौला छन् । एकछिन् सोचौं समुन्द्रमा मान्छे कसरी डुब्छ होला ? समुन्द्रमा मान्छे डुब्नुको मुख्यकारण भनेको आफ्नो क्षमाता र समुन्द्रको गहिराई बुझ्न नसक्नु नै हो ।
अझ रोचक बिषय के छ भने समुन्द्र किनारमा जाँदा मादकपदार्थ लिएर जाने चलन विदेशमा रहेको हुन्छ । समुन्द्रको किनारमा बसेर ब्राण्डी तथा हुँस्की पिउने त्यहाँको चलन नै हो । किनारमा बसेर मादकपदार्थ पिउँदा पिउँदै मान्छेले त्यो समुन्द्रको साना पोखरी र आफुलाई निकै पौडीबाज गर्न सक्ने ठान्छ । उसले मनमनै सोच्छ, जाबो समुन्द्रमा म पौडेर वारपार गरिहाल्छु नि ! नेपालमा फेवातालमा तालतलैया र खोलामा त पौडेकै हो नि ! यहाँनेर उसले आफ्नो होश र विवेक दुवै गुमाएको हुन्छ ।
कारण एउटै हो उत्तेजना । त्यो उत्तेजना मादकपदार्थले ल्याएको हुन्छ । आफ्ना क्षमता र समुन्द्रको गहिराई नबुझी समुन्द्रमा छिर्नेहरु नफर्किने गरि समुन्द्रमा नै बिलिन पनि हुनसक्छ । यहाँनेर मुख्यबिषय जोखिम बिश्लेषण नै हो ।
निष्कर्षः
समुन्द्र र शेयरबजारमा किन डुब्छ त मान्छे ? डुब्ने स्थान फरकफरक भएपनि कारण एकै हुन् । मान्छेले आफ्नो क्षमता मुल्यांकन र जोखिम बिश्लेषण नगर्नु । अर्को हो उत्तेजना र आवेगलाई नियन्त्रण गर्न नसक्नु । समुन्द्र र शेयरबजारमा केही मिल्दा जुल्दा पक्ष पनि छन् ।
जसरी समुन्द्रमा ज्वारभाटा र उछाल आउँछ, त्यसरी नै शेयरबजारमा पनि ज्वारभाटा र बेलाबेलामा उछाल आउछन । जसरी मान्छे समुन्द्रमा आफ्नो क्षमता नबुझी उत्तेजनामा छिर्छ त्यसरी नै शेयरबजारमा छिर्दा फेरी नर्फने गरि मान्छे बिलिन पनि हुन सक्छ । यी दुवै ठाँउमा छिर्दा हामीले ख्याल गर्नुपर्ने एउटै बिषय हो आफ्नो क्षमता ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार