प्रहरीले काठ चोर पक्राउ गर्यो, वन कर्मचारीले पैसा खाएर छाडे
नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार २३:३३:५०
१७ फागुन, उदयपुर । चोरी निकासी गर्दैगर्दा पक्राउ परेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेर वन कार्यालयमा बुझाए पनि वनका कर्मचारीले त्यसै छाडिदिएका छन् । प्रहरीले अवैध काठसहित पक्राउ गरी वन कार्यालयलाई बुझाएको थियो तर वन कार्यालयले अनुसन्धान नै नगरिकन छाडिदिएको हो ।
प्रहरीले उदयपुरको बेलका नगरपालिका–२ स्थित गिदेरी खोलाबाट काठसहित एक व्यक्तिलाई पक्राउ गरी सब डिभिजन वन कार्यालय तपेश्वरीमा बुझाएको थियो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले सोमबार सप्तकोसी सामुदायिक वन समूहभित्र अवैध रुपमा रुख काटिएको बेला उनलाई पक्राउ गरेका थियो ।
प्रहरीका अनुसार बयलगाडीमा लोड गरेर लान तयार पारेको अवस्थामा सालको पाँच टुना काठ बरामद भएको थियो । काठसहित पक्राउ पर्नेमा बेलका नगरपालिका– २ शान्तिनगरका २८ वर्षीय दिपक रिखाम मगर, ३० वर्षीय विश्वनाथ चन्द्रवंशी, ६५ वर्षीय मानबहादुर मगर र ४५ वर्षीय महेन्द्रबहादुर राई थिए ।
उनीहरूलाई प्रहरीले बुझाएलगत्तै वन कार्यालयले छाडेको स्थानीयको भनाइ छ । उनीहरुका अनुसार सब डिभिजन वन कार्यालय तपेश्वरीका कर्मचारीहरू रकमको प्रलोभनमा परेर उनीहरूलाई सामुदायिक वनको जिम्मामा लगाएको हो ।
तर, सब डिभिजन वन कार्यालय तपेश्वरीका सहायक वन अधिकृत विनोदकुमार साहले सामुदायिक वनको विद्यानअनुसार बरामद काठ र मानिसहरू समुहलाई नै जिम्मा लगाएको बताए । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुमार थापाले सब डिभिजनबाट बुझि लिएकाहरूलाई समूहको निर्णयअनुसार जरिवाना गरेर छोडेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार