डा. दर्लामी नेतृत्वलाई कांग्रेसको समर्थन, फागुन २७ मा इन्जिनियर्स एसोसियसनको निर्वाचन
नेपालबहस संवाददाता
फागुन १७, २०७८ बुधबार ०:२७:३२
१७ फागुन, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए)को केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक समूहबाट डा. हरिबहादुर दर्लामी नेतृत्वको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) निर्वाचनमा होमिएको छ । यो समुहलाई कांग्रेसको समर्थन रहेको छ । इन्जिनियरहरूको छाता संगठन (नेईए) को ३३औँ केन्द्रीय कार्यकारिणी समिति, दोस्रो बागमती प्रदेश समिति र इन्जिनियरिङ परिषद सदस्यहरूको निर्वाचन २७ फागुनमा हुँदैछ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक दर्लामी नेतृत्वको सिडेनको समूहमा उपाध्यक्षमा डा. नारायणप्रसाद अधिकारी, महासचिवमा रविभूषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दिपक अधिकारीको उम्मेदवारी छ ।
इन्जिनियरहरूको सम्मान, पेशागत सुरक्षा, ‘इन्जिनियरहरूको अलग्गै प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न एसोसियसनमा हाम्रो नेतृत्व जरुरी छ,’ अध्यक्षका उमेदवार दर्लामीले भने, ‘अहिलेको कार्यसमितिले इन्जिनियहरूका समस्या समाधानमा कति काम गर्यो ? जगजाहेर छ । नेईएमा सिडेनको नेतृत्व हुँदा भएका काम पनि सबैलाई थाहा छ । हामी इन्जिनियरहरूको पेशागत क्षमतासँगै नेईएको संस्थागत विकासका लागि प्रतिबद्ध छौं ।’
दर्लामी नेतृत्वको समितिको सदस्यहरूमा सुरज चापागाईं, सागर भट्टराई, विनोदबहादुर पाल, कुशलता न्यौपाने, अनुपम पराजुली, निशान नेपाल, ईश्वर पोख्रेल, मनिष मल्लिक, अशेष निरौला, हरिनारायण राय यादव, खुमबहादुर भण्डारी र बिद्या बराल छन् । यस्तै, नेपाल इन्जिनियरिङ परिषद्का सदस्यमा होमनाथ पोखे्रल पोषण थापा, राजन लामा, भरत रेग्मी र हरिराम दुवाडी उम्मेदवार छन् ।
बागमतीमा पौडेल नेतृत्वमा टीम
सिडेनले बागमती प्रदेशको कार्यकारिणी समितिका लागि इन्जिनियर रोहिणी पौडेललाई सभापतिका रुपमा अघि सारेको छ । पौडेल नेतृत्वको समितिको उपाध्यक्षमा सुरेन्द्र कैनी, सचिवमा दिनेश न्यौपाने, सहसचिवमा डा. विजय थापा र कोषाध्यक्षमा विपिन भुषाल छन् ।
सदस्यहरूमा ओशन थापा मगर, प्रमोद महत, प्रल्हाद बस्नेत, रोहित पौडेल, चिरञ्जिवी खतिवडा, बृजेश सिंह, गौरव पौडेल, दिराज थापा, राकेश भट्टराई र प्रविण क्षेत्री छन् । बागमती प्रदेश नेइएको सबैभन्दा धेरै सदस्य भएको प्रदेश हो । बागमतीबाट केन्द्रीय सदस्यमा सुब्रत अर्याल उम्मेदवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार