माओवादीको आन्तरिक विवादमा विप्लवको इन्ट्री, श्रेष्ठ आन्तरिक परामर्शमा
नेपालबहस संवाददाता
फागुन १८, २०७८ बुधबार १६:४८:२५
१८ फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई राजनीति स्वतन्त्र ढंगले गर्न सक्नुहुन्छ भनेपछि पार्टीभित्रको विवाद चरमउत्कर्षमा पुगेको बेला नेकपा विप्वलका महासचिव नेत्रविक्रम चन्दले भेटघाटलाई तिव्रता दिएका छन् ।
संसदबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौता अनुमोदनको निर्णय लिएपछि नेकपा माओवादी केन्द्रभित्र देखिएको विवादपछि चन्दले भेटघाटलाई तिव्रता दिएका हुन् ।
पार्टी महाधिवेशनको निर्णय विपरित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट एमसीसी सम्झौता अनुमोदनको निर्णय लिएको भन्दै माओवादी केन्द्रमा विवाद बढेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा विप्लवबीच कुराकानी शुरु भएको हो । एमसीसी प्रकरणले नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका बीचमा अन्तरविरोध शुरु भएपछि कुनै समय माओवादीभित्रै रहेका र अहिले नेपाल कम्युनिष्ट पार्टी गठन गरेका चन्दले श्रेष्ठलाई फकाउन लागेका हुन् ।
गत २०७७ फागुन २१ मा तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएका विप्लव आफनो शक्ति क्षयीकरण हुँदै जान थालेपछि अन्य माओवादी धारका असन्तुष्ट नेताहरुसँगको सम्र्पक र सम्बन्धमा पुगेका छन् । बुधबार बिहान उनले माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठलाई भेटेर प्रचण्डबाट क्रान्तिको आशा नगर्नु, प्रचण्ड सम्झौतापरस्त नेता भएकाले अर्को क्रान्तिकारी धार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएको स्रोतले जनाएको छ ।
हिजो मात्रै अध्यक्ष प्रचण्डले पनि श्रेष्ठलाई दायाँवायाँ नसोच्न, एमसीसीका बारेमा आफनो मत पार्टीभित्रै राख्न र अन्य विषयमा एकताबद्ध भएर जान आग्रहसहित भेटवार्ता गरेका थिए । माओवादी केन्द्रको फागुन २० बाट केन्द्रीय समिति बैठक बस्दैछ । प्रचण्डसँग रिसाएका श्रेष्ठलाई पार्टी एकताको प्रस्ताव बोकेर विप्लव श्रेष्ठ निवास पुगेको हुनसक्ने माओवादी नेताहरुले जनाएका छन् ।
माओवादीभित्र विवाद चर्केपछि विप्लवले अहिले बिहान श्रेष्ठ निवास हरिसिद्दिमा पुगेर श्रेष्ठसँग कुराकानी गरिरहेका थिए । प्रतिनिधिसभाबाट अमेरिकी सहायता सम्झौता अनुमोदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट भएको र उनले एमसीसी पास भएको दिनलाई कालो दिन भनेपछि विप्लवले श्रेष्ठसँग सम्पर्क बढाएका थिए ।
यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै चित्त नबुझे पार्टी छाड्न पनि सकिने भनेपछि मंगलबार श्रेष्ठले आफू निकटका नेताहरुसँग छलफल गरेका थिए । साथै बामदेव गौतम र झलनाथ खनालसँग पनि छलफल गरेका थिए । श्रेष्ठले पूर्वएकता केन्द्र ब्युँताउने तयारी गरिरहेका बेला मंगलबार राती प्रचण्डले भेटघाट गरी पार्टी विभाजन नगर्न आग्रह गरेका थिए ।
तर आज बुधबार विहान विप्लवले श्रेष्ठसँग कुराकानी गरेका छन् । सुरुमा एमसीसी संशोधन र परिमार्जन नगरी संसदबाट अनुमोदन गर्न नहुने अडान लिइरहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धन जोगाउन र मुलुकलाई पुनः प्रतिगनतिर जानबाट रोक्न भन्दै ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्न सहमत भएपछि माओवादीभित्र श्रेष्ठसहित कृष्णबहादुर महरा लगायतका नेताहरुले असहमति व्यक्त गरेका थिए ।
पार्टीभित्र अहमति भएपनि प्रचण्डले संसदीय दलका सचेतक देव गुरुङलाई ह्वीप लगाउन लगाएर एमसीसीलाई अनुमोदन गराएका थिए । मंगलबार श्रेष्ठलाई उनका समुहका नेताहरुले तत्कालै माओवादी केन्द्रको सदस्यवाट राजीनामा दिनुपर्ने, फागुन २० बाट बोलाईएको केन्द्रीय समिति बैठकमै समेत जान नहुने र नयाँ ढंगले पार्टी पूर्ननिर्माणमा लाग्नुपर्ने दवाव दिएका छन् ।
श्रेष्ठले आपसमा सल्लाह गरेकै बेला विप्लवसँगको कुराकानी नयाँ मोड लिनसक्ने माओवादी नेता कार्यकर्ताहरुको अनुमान छ । प्रचण्डले यो विषय महाधिवेशनको म्याण्डेट विपरित भएको प्रचण्ड स्वेयच्छाचारी भएको दावी गर्दे श्रेष्ठ पक्षले अनुशासनको कारवाही गर्नुपर्ने बताउन थालिसकेको छ ।
सोमबार प्रचण्डले भने महाकाली सन्धिका बेला बामदेव गौतमलाई जस्तै लोकप्रिय हुन्छ भने जसरी लागेको र पार्टी छाड्ने मन भए नरोक्ने मनसायको अभिव्यक्ति दिएपनि श्रेष्ठ निकै तनावमा थिए । यही तनावकै क्रममा श्रेष्ठले आफू निकट रहेका गिरिराजमणि पोखरेल, लिलामणी पोखरेल, अन्जना विसंखे लगातका नेताहरुसँग आन्तरिक छलफल समेत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार