अब भारतबाहेक अन्य देशबाट नेपालमा रसायनिक मल ल्याउन प्रतिबन्ध !
नेपालबहस संवाददाता
फागुन १८, २०७८ बुधबार २१:३२:१९
१८ फागुन, काठमाडौं । नेपाल र भारत सरकारबीच जिटुजी प्रक्रियामार्फत मल खरिदबिक्री गर्ने सम्झौता भएपछि धेरैलाई लागेको छ कि अब मलको आपूर्ति सहज हुन्छ । तर यसभित्र लुकेको खतरनाक रहस्यलाई भने लुकाइएको छ । अब नेपालले भारतबाहेक अन्य मुलुकबाट मल खरिद नगर्ने भित्री सहमतिमा यो सम्झौता सम्भव भएको हो ।
जसरी नेपालले पेटोलियम पदार्थ भारतभन्दा अरु देशबाट आयात गर्न सक्दैन त्यसरी नै अब रासायानिक मल पनि नेपालले भारतबाहेक अन्य देशबाट खरिद गर्न नपाउने गरी उक्त जिटुजी सम्झौता भएको छ ।
नेपाललाई सदैव भारतनिर्भर बनाउने यो रणनीति अन्तर्गत अब नेपालले भारत बाहेकका कुनै पनि देशबाट रसायनिक मल किन्न पाउने छैन भने नेपाललाई रसायनिक मल आपूर्ति गर्न चाहाने भारतबाहेकका देशलाई भारतले रसायनिक मल नेपाल निर्यात गर्न उक्त जिटुजी सम्झौतालाई अगाडि तेर्साएर रोक्ने छ ।
यसबाट भारतलाई करिब रु. २२ अर्ब जति फाइदा हुने र नेपालले भारतले भनेको मूल्यमा मल किन्नु पर्ने बाध्यता सिर्जना भएको छ । यस सम्झौताले सबैभन्दा बढी घाटा चीनलाई हुने भएको छ । चीनबाट नेपालले रसायनिक मल ल्याउन नपाओस भन्ने भित्री उद्देश्य राखी यो सम्झौता भएको सूत्रको दावी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार