नेप्सेमा सूचीकृत डेढ दर्जन बीमा कम्पनीद्वारा लाभांश घोषणा, कुनको कति ?
नेपालबहस संवाददाता
फागुन २०, २०७८ शुक्रबार १८:४५:५७
२० फागुन, काठमाडौं । नेप्सेमा सूचीकृत डेढ दर्जन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । हाल ११ निर्जीवन बीमा कम्पनी र ८ जीवन बीमा कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।
निर्जिवन बीमा कम्पनी
हालसम्म निर्जिवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । यतिबेला सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन् ।
११ निर्जीवन बीमा कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्सले साधारण सभा बोलाएर प्रस्तावित लाभांश पारित गरिसकेको छ । कम्पनीले वार्षिक साधारणबाट १४.२५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न फागुन ३० गते साधारणसभा बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सले पनि १५ प्रतिशत लाभांश पारित गर्न चैत ९ गते, बुधबार २६औं वार्षिक साधारणसभा बोलाएको छ । लाभांश प्रस्ताव गरेका अन्य कम्पनीले भने साधारणसभाको मिति तय गरेका छैनन् ।
यस्तै, नयाँ निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले भने गत आवको मुनाफाबाट पनि लगानीकर्ताका लागि लाभांश वितरण गर्न सकेनन् । यी दुई वटै कम्पनीले गत आवको वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् ।
जीवन बीमा कम्पनी
नेप्सेमा सूचीकृते आठ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हाल सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एशियन लाइफ, नेशनल लाइफ र एलआइसी नेपालले लाभांश प्रस्ताव गरेका हुन् ।
लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीमध्ये ६ कम्पनीले साधारण सभा सम्पन्न गरि प्रस्तावित लाभांश समेत पारित गरेका छन् । एशियन, सूर्या, प्राइम, ज्योती, रिलायन्स र एलआइसी नेपालको लाभांश साधारण सभाबाट पारित भएको हो ।
नेशनल लाइफले साधारणसभाको मिति तोकी लाभांश प्रयोजनको लागि बुक क्लोजको मिति समेत तोकेको छ भने नेपाल लाइफले साधारणसभाको मिति तय गरेको छैन ।
त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर र ०.८७ प्रतिशत नगद गरी कुल १५.८७ प्रतिशत, सूर्या लाइफले १२।७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १०.५२ प्रतिशत, रिलायन्स लाइफ इन्स्योरेन्सले ५.२६ प्रतिशत नगद लाभांश, एलआइसी नेपालले प्रस्ताव गरेको २१.०५ प्रतिशत र नेशनल लाइफ इन्स्योरेन्सले २० प्रतिशत लाभांश घोषण गरेको हो । यी कम्पनीको सभाले लाभांश समेत पारित गरिसकेका छन् ।
नेपाल लाइफले अघिल्लो आवको मुनाफाबाट लागानीकर्ताका लागि १४.७३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीमध्ये गुराँस लाइफ, यूनियन लाइफ र सानिमा लाइफले लगानीकर्ताका लागि लाभांश प्रस्ताव गर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
इतिहासकै ठुलो मात्रामा कोकिन अष्ट्रेलियामा पक्राउ, २.३ टनको मुल्य ५०० मिलियन
मंसिर १८, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार