समाजवादी पार्टीका केही मन्त्रीहरु फिर्ता हुँदै !
नेपालबहस संवाददाता
फागुन २०, २०७८ शुक्रबार २०:४५:२७
२० फागुन, काठमाडौं । एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस) पार्टीले केही मन्त्रीलाई फिर्ता बोलाएर केही नेतालाई मन्त्रिपरिषदमा पठाउने गृहकार्य थालेको छ ।
आधा कार्यकालका लागि मात्रै मन्त्री भएकाहरुलाई फिर्ता बोलाएर उनीहरुको स्थानमा मन्त्री हुन बाँकी रहेका मेटमणी चौधरी, जीवनराम श्रेष्ठ लगायतका सांसदलाई मन्त्रीमा पठाउने तयारी गरेको हो । ‘कस–कसलाई फिर्ता बोलाउने भन्नेबारेमा केही तय भएको छैन, जे हुन्छ सहमतिमै हुन्छ, अहिले त्यसको तयारी भएको छ’, एस पार्टी निकट एक नेताले भने ।
बिहिबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि यो विषय उठेको स्रोतको दावी छ । एस पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउने बताएपछि अन्य पार्टीले पनि यो विषयमा सहमति जनाएका थिए । ‘मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ, एक हप्ता वा अर्को हप्ता यो विषयले पूर्णता पाउछ’, ती नेताले भने ।
सरकारमा रहेका चारवटै पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउन लागेका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले यस अघि नै मन्त्रीहरुलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गरिएको भन्दै केही सांसदलाई थुम्थुम्याएको थियो ।
स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने भएकाले त्यसभन्दा अगावै वा निर्वाचन आचारसंहिता लाग्नु अगावै मन्त्रिपरिषद पुर्नगठन हुने स्रोतको दावी छ । ‘बिहीबार बसेको गठबन्धनको बैठकमा मन्त्रीमण्डल पुनर्गठनका बारेमा कुराकानी भएको छ, केही मन्त्रीहरुलाई पालो दिएर पार्टी काममा ल्याउनु पर्ने आवश्यकता देखियो’, एस पार्टीका वरिष्ठ नेताले भने ।
बिहीबारको गठबन्धनको बैठकमा यो विषयले निकैबेर चर्चा पाएको र कुन मन्त्रीले के कस्तो काम गरिरहेका छन् भन्ने बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ । खासगरी नेकपा एसबाट गएका मन्त्रीलाई फिर्ता बोलाउने विषयमा चर्चा हुँदा मन्त्रिमण्डल पुर्नगठन गर्नुपर्ने विषयले प्राथमिकता पाएको थियो । एस पार्टीबाट, विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले, किसान श्रेष्ठ, भवानी खापुङ मन्त्री भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार