चलचित्र थर्ड आई हेरेपछि गरियो आँखा दान
नेपालबहस संवाददाता
फागुन २०, २०७८ शनिबार ४:५८:४६
२० फागुन, चितवन । सामाजिक सन्देशमुलक नयाँ चलचित्र ‘थर्ड आई’ तयार भएको छ । यो चलचित्रको ल्होसारको अबसर पारेर बिहिबार चितवनमा प्रिमियर गरिएको छ ।
चलचित्र हेरेपछि फिल्मको सन्देशबाट प्रभावित भएर १०६ जनाले आँखा दानको घोषणा गरेका छन् । मृत्युपछि आफ्नो आँखा दृष्टी बिहिन ब्यक्तिलाई दिनको लागि उनीहरुले अहिले नै आँखा दानको घोषणा गरेका हुन् ।
‘हामीले निर्माण गरेको चलचित्र थर्ड आईको मुख्य सन्देश भनेकै आखा दान गरेर मृत्युपछि दुष्टी बिहिनलाई दृष्टी दिनु हो । यो चलचित्र हेरेर आज १०६ जनाले नेत्रदान गर्नुलाई हाम्रो टिमले प्रेरणाको रुपमा लिएको छ ।’ चलचित्रका निर्माता एवम् लायन्स बिनोद मिश्रले कार्यक्रममा बताए ।
लायन्स क्लब अफ भरतपुर सप्तरँगी थर्ड आई र चलचित्र थर्ड आईका कलाकार प्राविधिक एवम् निर्माण पक्षगरी १०६ जनाले मृत्युपछिका लागि आँखा दान गरेका हुन् । प्रिमियर शोमा यो चलचित्रसँग जोडिएका विभिन्न व्यक्तीहरुलाई निर्माण टिमबाट सम्मानित गरिएको थियो ।
चलचित्रलाई युवा निर्देशक आसुतोष अधिकारीले निर्देशन गरेका हुन् । यस फिल्ममा सरोज दाहाल, कमला अधिकारी, केडी प्रशित, रेनुका प्रधान, राजु अधिकारी, बिनोद मिश्र, सुजर पोखरेल, बिमला अधिकारी, राजीव न्यौपाने लगायतको मुख्य भूमिका छ ।
यो चलचित्रका कार्यकारी निर्माता तथा सह अभिनेता केडी प्रसितले जीवन पछि पनि अरुलाई दृष्टी दिन सकिन्छ भन्ने सन्देश प्रस्तुतिका लागि नयाँ चलचित्र ‘थर्ड आई’ निर्माण गरिएको सो कार्यक्रममा बताए । यो चलचित्रलाई अब लायन्स लगायत विभिन्न संस्थाबाट विशेष प्रदर्शनी गरिने र सो बाट उठेको मुनाफाको रकम नेत्र बिहिनहरुलाई आँखा दानको लागि सहयोग गरिने पनि प्रसितले बताए ।
उनका अनुसार आफ्नो दुई आँखाबाट दृष्टी गुमेपछि अरु कसैसँग लिएको तेश्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई सबैमाझ पु¥याउन यो थर्ड आई निर्माण गरिएको हो ।
चलचित्र थर्ड आईको प्रिमियर शोमा सम्बन्धित कलाकार तथा सिनेकर्मीलाई कदरपत्र प्रदान गर्दै लाइन्स क्लब अफ इन्टरनेशलन ३२५ आरका डिजी सिद्धार्थ लाल सुकेले चलचित्रले दिएको सन्देश निकै सान्दर्भिक भएको बताए । यो फिल्म देखाएपछि लायन्सले धेरै भन्दा धेरैलाई आँखा दान गर्न प्रेरित तुल्याउने विश्वास पनि उनले ब्यक्त गरे ।
करिब एक घन्टाको यो चलचित्रको कथालाई साहित्यकार आरती अधिकारीले लेखेकी हुन् । जसमा रफी शाहको आलेख, बिमल लामाको संगीत, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायाँकन रहेछ । अब थर्ड आईलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सबमा पनि प्रदर्शन गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार