तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
फागुन २१, २०७८ शनिबार १३:२:३९
वि.सं.२०७८ साल फागुन २१ गते । शनिबार । ईश्वी सन् २०२२ मार्च ०५ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि– तृतीया, बेलुकी १० बजेर ०० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–रेवती, रातको ०४ बजेर ०० मिनेट उप्रान्त अश्विनी । योग–शुक्ल, रातको ०२ बजेर १० मिनेट उपान्त ब्रम्ह । करण–तैतिल, बिहान ०९ बजेर ५५ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ०० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेट । दिनमान २९ घडी ०७ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथिभाईका साथ रमाईलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित सस्था,एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेकोछ । बिदेसमा बसेर पेशा व्यावसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायी रहनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- समयमा अर्थ संग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । मायाप्रेमको गाठो कसिलो हुने समय रहेकोछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- पुराना समस्याहरु समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाईने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा मन्दी आउनेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यात्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायी रहनेछ ।
सिंह‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- व्यापारमा मनग्गे लाभ हुनेछ भने अकस्मात आम्दानिमा बृद्धि हुनेछ । अध्ययनमा सुधार भएर जाने योग रहेकोछ । स्वास्थ्यमा सामान्य समस्या आएपनि हल गर्दै अगाडि बढ्न सकिनेछ । दिदिबहिनीहरुको समयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । चिट्ठा तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । आम्दानिमा बृद्धि हुने हुँदा दैनिकक जीवन सहज रुपमा जीउन सकिनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवनसाथिको साथ रमाईलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ ।
तुला‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिनेछ भने व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- बिद्या तथा प्रतिस्पर्धामा सहकर्मिहरुलाई हराई नतिजा आफुतिर ल्याउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा सन्तानको साथ सहयोग नपाईने हुनाले कामहरु सुस्त गतिमा अगाडी बढ्नेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा समस्या आउनेछ भने जीवनसाथिसँग सामान्य कुरामा पनि मनमुटाब बढ्नेछ । लेखन तथा साहित्यको क्षेत्रमा थालिएको काम अधुरै रहनेछ । पेट सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाईने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुनेछ । जीवनसाथिले हर क्षेत्रमा सहयोग गर्ने तथा मायाप्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अली बढी समय दिन सक्दा प्रगती गर्न सकिनेछ ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्याक्ति हरुसँग बिवाद बढ्ने योग रहेकोछ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाईमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्नेलेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आत्मबिश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानी हुनेछ । निति नियम तथा कानुन अनुसार हुने फैसला तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाई तथा प्रतिष्पर्धिमा तपाईकै नाम अग्र स्थानमा आउनेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार