विश्वकै सफल क्रिकेटर अस्ट्रेलियाका वार्नको निधन
नेपालबहस संवाददाता
फागुन २१, २०७८ शनिबार १३:३८:४१
२१ फागुन एजेन्सी । विश्वकै सफल क्रिकेटर अस्ट्रेलियाका शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ ।
उनको हिजो थाइल्यान्डमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रेलिया क्रिकेटका अर्का पूर्व खेलाडी रड मार्सको निधन भएको केही घण्टापछि वार्नको पनि निधनको खबर आएको हो । वार्नलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । लेगस्पिनर वार्नले अस्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडीआई खेलेका थिए ।
उनले टेस्टमा ७ सय ८ विकेट र ओडीआईमा २ सय ९३ विकेट लिएका थिए । टेस्टमा वार्न श्रीलङ्का स्पिनर मथैया मुरलीधरनको ८ सय विकेटपछि सर्वाधिक विकेट लिने बलर समेत हुन् । वार्न सन् १९९२ देखि २००५ सम्म विश्व क्रिकेटका उत्कृष्ट स्पिनर थिए । सन् १९९९ मा अस्ट्रेलियालाई विश्व कप जिताउन उनले उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिएका थिए । वार्नले सन् १९९२ मा भारतविरुद्ध टेस्ट क्रिकेटमा सिड्नीमा डेब्यु गरेका थिए । सन् २००७ मा सिड्नीमै इङ्ग्ल्यान्डसँग अन्तिम टेस्ट खेल खेलेका थिए ।
उनले इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्स र बिग बासमा मेलवर्न स्टार्सका लागि समेत खेलेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार