मनोज अधिकारीले निर्देशन गरेको चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा
नेपालबहस संवाददाता
फागुन २२, २०७८ आइतबार १८:४:४४
२२ फागुन, काठमाडौं। नेपाली कला क्षेत्र तथा नेपाली कलाकारिताको मोहले जहाँ पुगे पनि छोड्दैन भने जस्तै लामो समय देखि अस्ट्रेलिया बस्दै आएका अभिनेता पुकार गौतम अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा रहेको छ। मनोज अधिकारीले निर्देशन गरेको चलचित्र ‘पर्पला’ को सम्पूर्ण छायाँकन अस्ट्रेलियामा सम्पन्न भएको हो। अस्ट्रेलियामा नै बसोबास गर्दै आएका गौतमले यस अघि चलचित्र ‘झिल्के’ र ‘ह्यापी न्यु इयर’मा काम गरेका थिए।
चितवनमा जन्मिएका गौतमले १० बर्ष अघि बिज्ञापनबाट कला क्षेत्रमा प्रवेश गरेका हुन्। उनले थुप्रै बिज्ञापन तथा तिन वटा चलचित्रमा काम गरि सकेका छन्। हरर जनराको चलचित्र ‘पर्पला बाट गौतम निकै नै आशावादी छन्। केहि समय अघि चलचित्र ‘पर्पला’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो। कुराकानीको क्रममा आफुले मेहनत गरे अनुसार चलचित्र राम्रो बनेको र ‘पर्पला’ को टिम राम्रो बनेको गौतमले बताए।
‘पर्पला’को प्रदर्शन पश्चात आफ्नो अभिनय क्षमतालाई मुल्यांकन गरेर अरु निर्माताहरुले आफुलाई अफर गरेमा समय मिलायर नेपाल आएर पनि काम गर्न सकिने उनले बताए। अस्ट्रेलिया रहेर पनि नेपाली कला क्षेत्रको मोहलाइ बिर्सन नसकेको उनि बताउछन्। रोमान्टिक जनरामा नै आफुलाई फिट लाग्ने उनि बताउछन्।
आफ्नो कामको समय मिलायर नियमित नेपाली चलचित्र हेर्ने गरेको उनि बताउछन्। निरन्तर नेपाली चलचित्रमा काम गर्ने उनको योजना रहेको छ। अस्ट्रेलिया नगई नेपालमा नै बसेको भए नेपाली कला क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बन्न सक्थ्यो उनको। उनि आफ्नो दाजुबाट प्रभावित भएर कलाकारितामा लागेको बताउछन् । भबिस्यमा आफु पनि चलचित्र मेकिङ्गमा लाग्ने उनको योजना रहेको छ।
निर्माता तथा कलाकार भानु प्रतापको निर्माणमा बनेको चलचित्र ‘पर्पला’मा गौतमको साथमा निखिला बुढाथोकी,रोजी पन्त,अष्ट्रेलियन कलाकार ओल्गा तमरा लगायत कलाकारको अभिनय रहेको छ।
अस्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले छायाँकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्। रबिन्द्र कुमार शर्मा,डम्बर बहादुर रसाइली,छबी अधिकारी सरोज कुमार वाइबा निर्माता रहेका छन्। सरस्वती गौतम,शृजना ल्वागुन,भिम राज रसाइली,वचन कुमार मल्ल चलचित्रको सह निर्माता रहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार