भक्तपुरको बाराहीस्थित हनुमान पाटीको पुनर्निर्माण सम्पन्न
नेपालबहस संवाददाता
फागुन २३, २०७८ सोमबार २२:२:२६
२३ फागुन, भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर ३ मा रहेको एउटा सार्वजनिक पाटीको पुनर्निर्माण सम्पन्न भएको छ । नगरको बाराहीस्थित हनुमान (भुजू) पाटीको पुनर्निर्माण सम्पन्न भएको हो ।
पाटीको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार उद्घाटन गरे । भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पाटी पुनर्निर्माण भएको हो ।
यसअघि पाटी पुनर्निर्माणका लागि स्थानीय रामसुन्दर खाताखोको अध्यक्षतामा हनुमान पाटी उपभोक्ता समिति गठन गरिएको थियो । कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष कुमार जाकिबन्जारले २४ लाख १३ हजार एक सय २२ रुपैयाँं खर्च भएको जानकारी दिए ।
पाटी पुनर्निर्माणका लागि ३७ लाख १० हजार २८७ रुपैयाँ लागत स्टिमेट भएको उनले स्मरण गरे । उपभोक्ता समितिमार्फत काम भएकाले लागत स्टिमेटभन्दा कम खर्च हुने गरेको उनले बताए ।
नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्मित संरचना स्टिमेटभन्दा कम लागतमा गुणस्तरीय ढंगले निर्माण हुने गरेको अनुभव सुनाए ।
भक्तपुर नगरपालिका( ३ का वडाध्यक्ष राजकृष्ण गाराले नगरस्तरीय बजेटबाट निर्मित पाटीमा प्राप्त स्थानीय जनताको सुझाव र सहयोग अमूल्य भएको बताए । कार्यक्रममा स्थानीय चन्द्रभक्त भुजू, कार्यपालिका सदस्य सुनिता अवाल र वडा सदस्य कृष्णगोपाल चौगुठीलगायतले स्थानीय पाटी बनेको भन्दै खुसी व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार