सशस्त्रको सांगठानिक संरचना परिमार्जनः १७ बर्षदेखिको बढुवा जाम खुल्ने
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार १९:८:९
२४ फागुन, काठमाडौं । सशस्त्र प्रहरीभित्र अधिकृत तहको वृत्ति विकास र बढुवामा लामो समयसम्म जाम भएपछि सरकारले सांगठनिक संरचनालाई परिमार्जन गर्दे बढुवाको जाम खुलाएको छ । ‘सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०७८’ सरकारले स्वीकृत गरेसँगै बढुवाको जाम खुलेको हो ।
सरकारले सो प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (प्रहरी) ले सशस्त्र प्रहरी बललाई पत्र पठाएपछि त्यसको प्रकृया पनि शुरु भैसकेको छ । यो सँगै १७ वर्षसम्म बढुवा हुन नपाएका प्रहरी अधिकृतहरु एकैपटक बढुवाको जामबाट मुक्त हुनेछन् । लामो समयदेखि एउटै पदमा बसिरहँदा देखिएको निराशालाई कम गर्ने र सशस्त्र प्रहरी बलमा आकर्षण बढाउने उदेश्यले सांगठानिक संरचना परिमार्जन गरेको हो ।
सांगठनिक संरचना परिमार्जित गर्ने क्रममा सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घटाई ३७ हजार ५४ कायम गरिएको छ । जनशक्ति घटाउने क्रममा केही पद बढाइएको र केही घटाइएको छ । यस्तै, १ सय ७४ वटा विभिन्न दरबन्दी कटौती गरिएको छ । परिमार्जित संरचना अनुसार प्राविधिक समूह अन्तर्गतको स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङतर्फ एक-एकवटा डीआईजीको दरबन्दी थप गरिएको छ ।
पद समायोजनका क्रममा स्वास्थ्यतर्फ एक एसएसपी, दुई एसपी, तीन डीएसपी र २२ सईको दरबन्दी थप गरिएको छ । योसँगै स्वास्थ्यतर्फको कुल जनशक्ति २ सय ३७ कायम गरिएको छ । प्राविधिक समूह सञ्चारतर्फ एक डीआईजी, एक एसएसपी, तीन एसपीसहित ६ सय जना रहेको छ । समायोजनका क्रममा सञ्चारतर्फ एक एसपी र चार डीएसपी थप गरेर सो संख्या पुर्याइएको हो । साधारण समूह कानुन उपसमूहअन्तर्गत एउटा एसएसपीको दरबन्दी थप गरिएको छ ।
मानवस्रोत विभाग अन्तर्गतको कानुन शाखालाई कानुन महाशाखामा स्तरोन्नति गर्ने क्रममा सो महाशाखामा एक एसएसपी दरबन्दी थप गरिएको हो । कानुन उपसमूहमा अब एक एसएसपी, एक एसपी, तीन डीएसपी, ९ इन्सपेक्टरसहित १४ जना रहनेछन् । सरकारले साधारण समूह लेखा उपसमूहतर्फ तीन एसपी, १० डीएसपी र १० इन्सपेक्टरको दरबन्दी थप गरेको छ । योसँगै अब लेखा उपसमूहमा एक एसएसपी, ५ एसपी, १६ डीएसपी, ४० इन्सपेक्टरसहित २ सय १ जना रहनेछन् ।
साधारण समूह साधारण उपसमूहअन्तर्गत भने आईजीपी, दुई एआईजी, १६ डीआईजी, २६ एसएसपी, १ सय ४ एसपी, ३ सय ९१ डीएसपी र ९ सय २७ इन्सपेक्टरसहित ३५ हजार ९ सय ४८ जनशक्ति रहनेछ । साधारण समूह साधारण उपसमूहअन्तर्गत समायोजनका क्रममा १६ एसपी र ३७ डीएसपी थप गरिएको छ ।
समायोजन गर्ने क्रममा १ सय ७४ दरबन्दी कटौती गर्ने क्रममा लेखातर्फ असईका २७ दरबन्दी कटौती गरिएको छ । यसैगरी, स्वास्थ्यतर्फ ३ असई, सञ्चार तथा इन्जिनियरिङतर्फ ८ हबल्दार, १ सय ३५ जवानको दरबन्दी कटौती गरिएको छ । यस्तै, कानुनतर्फ इन्सपेक्टरको एउटा दरबन्दी कटौतीमा परेको छ ।
सशस्त्र प्रहरीको सिसं १ को इन्सपेक्टर ब्याच (२६ कात्तिक २०५९) का नौ जना नै अहिले कामु एसएसपी छन् । उनीहरूभन्दा पाँच महिनापछि ७ चैत २०५९ मा भर्ना भएकाहरूमध्ये १० जना अहिले कामु एसएसपी र अरू एसपी छन् । सिसं २ भन्दा पाँच महिनापछि २९ साउन २०६० मा भर्ना भएका सिसं ३ का अधिकृत अहिले सबै जना डीएसपी छन् । यो सांगठनिक परिमार्जित संरचनाले अब सो ब्याचका २५ भन्दा बढी एसपी बन्नेछन् । सिसं ३ मा ९६ जना पास आउट भपनि अहिले ९० जना कार्यरत छन् । उनीहरू सेवामा प्रवेश गरेको नै १८ वर्ष पुगिसकेको छ ।
सशस्त्रमा सिसं ५ सम्मका इन्सपेक्टर डीएसपी भइसकेका छन् । सिसं ४ मा ९७ र सिसं ५ मा ८९ जना सेवा प्रवेश गरेका थिए । परिमार्जित संरचनाका कारण अब सिसं ६ का सबै जना डीएसपी हुनेछन् । २१ फागुुन २०६२ मा उनीहरू सशस्त्र प्रहरीमा भर्ना भएका थिए । सिसं ६ मा १ सय १ जना सेवा प्रवेश गरेको भए पनि हाल साधारण समूह साधारण उपसमूहअन्तर्गत ८५ जना कार्यरत छन् । उनीहरूसँगै ६ असार २०६४ मा भर्ना भएका सिसं ७ का केही इन्सपेक्टर पनि डीएसपी बन्नेछन् । सो ब्याचका १ सय ३१ जना छन् ।
लेखा उपसमूहमा तीन एसपी, १० डीएसपी र १० इन्सपेक्टरको दरबन्दी थप गरिएको छ । लेखा उपसमूहका केही इन्सपेक्टर १८ वर्षदेखि सोही पदमा कार्यरत छन् । सशस्त्रमा लेखा समूह सबैभन्दा विवादित समूह हो । यसलाई खारेज गराउने प्रयास भैरहेको छ । ‘यो समूहका कारण प्रसासनिक समूहलाई अप्ठेरो परेको छ कुनै एउटा सानो समूहले आर्थिक चलखेल गर्दा प्रशासन र फिल्डमा खटिने प्रहरी अधिकारीहरु अप्ठेरोमा परेका छन्, यो समूह चाडै खारेजीको प्रकृयामा जान्छ’, सशस्त्र प्रहरी बलका एक अधिकारीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार