तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
फागुन २४, २०७८ मंगलबार १२:३६:२४
वि.सं.२०७८ साल फागुन २४ गते । मंगलबार । ईश्वी सन् २०२२ मार्च ०८ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४२ । फागुन शुक्लपक्ष । तिथि– षष्ठी, रातको ०१ बजेर ०७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–भरुणी, बिहान ०६ बजेर ५९ मिनेट उप्रान्त कृतिका । योग–वैधृति, रातको ०१ बजेर ५१ मिनेट उपान्त विष्कुम्भ । करण–कौलव, मध्यान्न २१ बजेर १९ मिनेट उप्रान्त तैतिल, रातको ०१ बजेर ०७ मिनेट उप्रान्त गर । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष,मध्यान्न १ बजेर २९ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट । दिनमान २९ घडी १९ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- धन सम्पति तथा भौतिक सम्पति अरुलाई प्रयोग गर्न नदिनुहोला समय मध्यम रहेकोछ । आफन्त,घर परिवार तथा कुटुम्ब सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । तपाईको बोलिको गलत प्रयोग गरि अरुले आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन प्रशस्त समय मेहनेत गर्नु पर्नेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- बिहानको समय उत्तम रहेकोले बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । मध्यान्हबाट साथिभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागी अली बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडी बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नती हुने समय रहेको छ । साथिभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
सिंह‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- सरकारी तथा पैत्रिक धन तथा सम्पती प्रयोग मार्फत रोेजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धी मुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । सत्रु परास्त हुनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रशन्न रहनेछ
।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
तुला‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाईलेखाईमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आफन्त तथा चेलिमाईती बीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । मायाप्रेममा धोका हुनेछ भने पति पत्नी बीच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यावसाय अगाल्नेहरुले सामान्य धन आर्जन गर्न सक्नेछन् । सबैजना सहभागी हुने व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । साझपख समय मध्यम रहेकोले कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम रहेनेछ । मायाप्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- बिहानको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यावसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । पढाईलेखाईमा प्रतिद्धन्द्धि हरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । मध्यान्हबाट समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ । सवारीसाधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरिको परिणाममूखि यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यावसायमा लगानी बढाई भनेजस्तो नाँफा कमाउन सकिनेछ । मायाप्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहयोग हुने हुँदा मन खुशि रहनेछ । छोटो दुरिको यात्रा तय हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार