सल्लाघारीको मुपुज्व गणेश मन्दिरः खर्च ३७ लाख, चन्दा २६ लाख
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार १८:४६:७
२४ फागुन, भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिर पुनर्निर्माण भएको छ । मन्दिर निर्माणका लागि ३७ लाख खर्च भएकोमा २६ लाख रुपैयाँ चन्दाबाट संकलन भएको छ ।
मंगलबार भएको मन्दिर उद्घाटन र शिलापत्र अनावरण कार्यक्रममा मुपुज्व टोल सुधार समितिका सचिव कृष्णगोविन्द मुलगुठीले मन्दिर निर्माणबारे जानकारी तथा आयव्यय प्रस्तुत गर्दै मन्दिर निर्माणमा जम्मा ३७ लाख ४४ हजार ६०४ रुपैयाँ खर्च भएको जानकारी दिए । उनले मन्दिर निर्माणका लागि विभिन्न संघसंस्था र चन्दादाताबाट २६ लाख ६७ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको बताए ।
उनले मन्दिर पुनर्निर्माणमा १० हजार रुपैयाँभन्दा माथिको सहयोग गर्ने संघसंस्था तथा दाताको नाम शिलापत्रमा उल्लेख गरेको उल्लेख गरे ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मुपुज्व टोल सुधारको पहल, भक्तपुर नपा र स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगमा गणेश मन्दिर पुनर्निर्माण भएकोमा खुसी व्यक्त गरे ।
भक्तपुर नपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुरको सल्लाघारीमा अवस्थित रानीपोखरी सर्वसाधारणको निम्ति खुल्ला भएको, भाजुपोखरी पुनर्निर्माण कार्य अन्तिम चरणमा रहेको र नःपली सिर्जना नगरको इशानेश्वर मन्दिर मौलिक शैलीमै निर्माण गर्ने तयारीमा जुटेको बताए ।
इतिहासविद् डा।पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरका सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरू जीर्णोद्धार र पुनर्निर्माणमा भक्तपुर नपासँग सहकार्य गरी काम गर्ने अवसर मिलेकोमा गौरवान्वित महसुस भएको बताउँदै भक्तपुरको सांस्कृतिक पुनर्जागरणमा भक्तपुर नपाले गरेको काम उल्लेखनीय भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार