महिला दिवसमा वक्तृत्वकला प्रतियोगिता
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार २१:६:१६
♦ तोलाकान्त बगाले
२४ फागुन, वालिङ । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसमा स्याङ्जाको वालिङ नगरपालिकाले अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । ‘सामाजिक न्याय र लैंगिक समानता : दीगो विकासको सुनिश्चितता’ नारा रहेको यसवर्षको महिला दिवसका सन्दर्भमा ‘नेतृत्वमा महिलाको पहुँच अभिवृद्धि’ विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो ।
नगरभित्रका सामुदायिक र संस्थागत गरी सात विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम साईनभिलेल बोर्डिङ स्कूल वालिङकी छात्रा आस्था पराजुली भएकी छिन् ।
त्यस्तै द्वितीय सगरमाथा बोर्डिङ स्कूलकी छात्रा स्नेहा पाण्डे र तृतीय राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा नम्रता कोईराला भएकी थिइन ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका छात्राहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो । महिलाहरुको नेतृत्व विकास, बौद्धिक क्षमता विकासकालागि यसप्रकारका प्रतियोगितात्मक कार्यक्रमहरुलाई निरन्तरता दिंदै जानुपर्ने उपप्रमुख कल्पना तिवारीले बताए । समाजमा चेतनाको सन्देश फैलाउनकालागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुलाई सहभागी बनाएर अगाडि बढिएको पनि उनले बताए ।
“महिला दिवस मनाउने नाममा पुरुषलाई गाली गरेर होईन उनीहरुसँग सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक छ” उनले भने, “महिलाहरुको हक अधिकार र अवसलाई सही सदुपयोग गर्न पनि महिला दिदीबहिनीहरुलाई आग्रह गर्दछु ।”
कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डे, वडा नं. ६ की वडा सदस्य चीनमाया नेपाली, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, शिक्षिका भोजकुमारी पाण्डेलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
वालिङ नगरपालिकाका कार्यपालिका सदस्य एवं सामाजिक विकास समिति संयोजक यूगमाया पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख अनुषा काफ्लेले गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार