वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री बितरण
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार २१:२९:२४
२४ फागुन, वालिङ । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत कृषि औजार बितरण गरिएको हो ।
कृषि औजार बितरण बितरण गर्दै वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणले बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी दिए । उनले भने, ‘कृषक र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जानेछौं । ’
कृषक तथा उद्यमीहरुको सोचमा परिवर्तन नआई उत्पादन बृद्धि नहुने भन्दै प्रमुख खाँणले बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर काम गरिरहेको बताए । कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले कृषकहरुको मागका आधारमा बितरण गरिएका सामाग्रीहरुले उत्पादन बढाउनमा मद्दत गर्ने बिश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले आधुनिक प्रबिधिका सामाग्रीहरुको प्रयोगले उत्पादन र उत्पादकत्व बृद्धि हुने बताए ।
उद्यमशीलताको बिकास बिना आर्थिक प्रगती नहुने भन्दै अर्यालले वालिङ नगरपालिकाको उत्पादन बढाउने अभियानमा युएनडिपीको सहकार्य फलदायी रहने बिश्वास व्यक्त गरे । उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फत वालिङले शुरु गरेको उद्यमीको शहर बनाउने अभियान निक्कै उदाहरणीय रहेको उनले बताए ।
कृषक तथा उद्यमीका माग र सहकारी तथा समूहहरुको आवश्यक्ताका आधारमा सामाग्री बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताए । सामाग्रीको सही प्रयोग गरि उत्पादन बढाउन उनको सुझाव छ ।
कार्यक्रममा बिभिन्न ५ वटा सहकारी तथा समूहलाई कुटानीपिसानीका लागि कम्वाईन मिल, ५ वटा व्यवशायीक फर्महरुका लागि पिसानी मिल र चापकटर ५० जना कृषकहरुका लागि टनेल,स्प्रे मेसिन लगायतका सामाग्री बितरण गरिएको परियोजनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार