खप्तड गोल्डकपको फाइनल प्रवेशका लागि मनाङ र शेर्पा भिड्दै
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार १२:२४:९
२५ फागुन धनगढी । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार एक खेल हुँदैछ ।
धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा भिड्ने छन् । मनाङ र शेर्पाबीचको खेल ३ बजेपछि सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
मनाङ भारतको दिल्ली फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो । हिमालयनले क्वाटरफाइनलमा साविक विजेता तथा सुदुरपश्चिम-११ लाई २-१ गोल अन्तरले हराएको थियो । आयोजक सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
४० प्लस उमेरमा कसरी जवान देखिने ? अपनाउनुहोस् यी उपाय
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
युक्रेन युद्धमा ३ सय उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी
माघ १, २०८१ मंगलबार
कस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले दिए मकर सङ्क्रान्तिको शुभकामना
माघ १, २०८१ मंगलबार