सडकले कुलो भत्काउँदा २०० रोपनी खेतमा सिँचाइको समस्या
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार १८:४८:४
♦ सीपी लोहिया
२५ फागुन, बैतडी । बैतडीको पाटन नगरपालिका-५ स्थित अडतोला र कद्द्वार गाउँ खेतीपातिका लागि निकै उपयुक्त गाँउ हुन् । स्याडी खोलाबाट कुलोमार्फत पानी ल्याइएकोमा पाटन-पञ्चेश्वर सडकले कुलो भक्ताएपछि सिँचाइको समस्या भएको छ ।
अडतोला र कद्द्वार गाउँका ५० बढी परिवारले कोदालोले खनेर खेतमा पुर्याएको सिँचाई कुलो २०७० सालमा भत्काइएको हो । स्थानीय धर्मानन्द पाण्डेयले भने, ‘२०३८ सालमा गाउँलेहरु मिलेर बनाएको कुलोबाट सिँचाई गर्दै आएका थियौँ । पाटन-पञ्चेश्वर सडक खन्ने बेला भत्किएको कुलोलाई एक दुई पटक आफैँले मर्मत गरेर बनायौँ, तर २०७० सालदेखि सडक कालोपत्रेको काम सुरु भएयता भने सडक डबल कटिङ गरिएकाले कुलोको नाम निसाना नै मेटिदियो ।’
कुलो भत्केपछी २०० बढी रोपनी खेतीयोग्य जमिन बाँझो खेतमा परिणत भएको स्थानीय खेमराज पाण्डेयले बताए । उनले भने, ‘हामीसंग जमिन पर्याप्त छ । तर, पानी नभएकाले बाँझै छाडेका छौँ । कतै कतै गहुँ, मकै र तरकारी लगाए पनि पानीको अभावले बालीनाली सुक्छ । सिँचाइ सुविधा भएको भए तरकारी खेती गरेर जीविकोपार्जन गर्न हुन्थ्यो ।’
कुलो निर्माण गरिदिन सडकको ठेकेदार कम्पनी र सम्बन्धित् कार्यालयहरूलाई पटक–पटक घच्घच्याएको स्थानीयवासी बताउँछन् । सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएपछि केही मिटर पाइप दिइएको छ । पाइपका टुक्राहरु दिए पनि जडान नगरिँदा पाइपहरु त्यसै थन्काइएको छ ।
सिँचाई आयोजना निर्माणका लागि प्रदेश सरकार र संघ सरकारलाई सिफारिस गरेको पाटन नगरपालिका-५ का वडाअध्यक्ष फुनिसिंह बोहराले बताए । उनले भने,‘भत्केको आयोजना निर्माणका लागि सबैसँग पहल गर्यौँ । तर, कसैले सुनेका छैनन् । जिल्लास्थित सिँचाइ डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयसँग पहल गर्यौँ । तर, उनीहरू एकअर्को कार्यालयलाई भन्नुस् भन्दै टार्छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
जलपन्छी अवलोकन गर्दै विद्यार्थी
पुष २१, २०८१ आइतबार
चिसोबाट बच्न मुढा बालेर आगो ताप्दै
पुष २१, २०८१ आइतबार
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार