सौर्य, टुकी र दियालोमा निर्भर कल्लेनीवासी बिजुली बलेपछि खुशी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार २०:४९:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/light_pOwG5zorbe.jpg)
२५ फागुन, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ कल्लेनीमा विद्युत् सुविधा पुगेको छ । जम्मा २५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मंगलबारदेखि विद्युत् वितरण सुरु भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले कल्लेनीमा विद्युतीकरण गरेको हो । प्रदेश सरकारको बजेटमार्फत विद्युतीकरण गरिएको केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए।
“कल्लेनीको ट्रान्सफर्रमरबाट आसपासका बस्तीका १०० घरधुरीमा बिजुली वितरण गर्न सकिन्छ । ३२ वटा ट्रान्सफर्मर लगिसक्नु भएको छ । छिमेकी गाउँ भारवाङमा पनि बत्ती बाल्ने तयारी छ,” उनले भने “दुई वर्षअघिनै पोल गाडेपनि २०७७ असारको पहिरोले क्षति पु¥याएपछि मर्मत गरेर आयोजनालाई पुर्णता दिएका हौँ ।”
यसअघि उज्यालोका लागि सौर्य, टुकी र दियालोमा निर्भर कल्लेनीवासी बिजुली बलेपछि खुशी भएका छन् । छहरीखोलाको पानीले ‘पेल्ट्रिक सेट’ चलाएपनि नियमित विद्युत् उत्पादन हुन सकेको थिएन् । विद्युत् सुविधा भएपछि घरायसी कामकाज, उद्यम व्यवसायदेखि बालबालिकाको पठनपाठनमा सहज भएको छ ।
धवलागिरिको मुनी, फलिगाउँ, मुना र दरमा पनि हालै विद्युतीकरण गरिएको थियो । सबै बस्तीमा केन्द्रीय र लघुजलविद्युत् परियोजनाको बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेको छ । तीन हजार १२९ घरधुरी रहेको धवलागिरिलाई उज्यालो गाउँपालिका घोषणा गर्ने तयारी भएको अध्यक्ष थमसरा पुनले बताइन । वडा न ४ को बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ ।
गत बर्खामा बाढीले क्षति पु¥याएको लुलाङको दरखोला लघुजलविद्युत् परियोजना मर्मतपछि यसै महिनादेखि पुन सञ्चालन भएको छ । ताकमको सबै बस्तीमा केन्द्रीय लाइन विस्तार भएको छ । गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत् सुविधा पु¥याउने गाउँपालिकाको योजना छ ।
लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीयलाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत गत कात्तिकमा ५० वाट क्षमताको ‘सोलार सेट’ वितरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् महसुल नतिर्ने एक हजार तीन सय ग्राहकका लाइन काटिए
माघ १३, २०८१ आइतबार
आयोजना अलपत्र हुँदा खानेपानी समस्या
माघ १०, २०८१ बिहिबार
जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जामन्त्री खड्काको आग्रह
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
शिलान्यासको सत्र वर्षपछि कालोपत्रको काम सुरु
माघ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
देश बदल्न युवाको आगमन : कांग्रेसका महामन्त्रीहरूले के गर्दै होलान् ?
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार