‘हेल्लो जिन्दगी’को ‘कता-कता’ मा रोमान्टिक विक्रम र दीपीका
नेपालबहस संवाददाता
फागुन २६, २०७८ बिहिबार १६:५७:४
Shares
२६ फागुन, काठमाडौं । ‘हेल्लो जिन्दगी’ फिल्ममा समावेश ‘कता–कता’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ११ चैतमा प्रदर्शन हुने फिल्मको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत छ । बलिउडका कोरियोग्राफर विष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता विक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचर छन् ।
युकेका बिभिन्न रमणीय स्थानमा खिचिएको गीतमा प्रेमी जोडीको प्रेमाभाव प्रस्तुत गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम र दीपीकाका साथमा प्रियंका कार्की, विल्सनविक्रम राई, विक्रान्त वस्नेत, निर्देशक बोहरा स्वयम्, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त ९जुन०, ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ ।
सत्य घटनाबाट प्रभावित फिल्मको निर्माता विक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सविता गुरुङ छिन् ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा विरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।
निर्देशक बोहरा र विक्रम डि जोशीको कथा,निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा÷सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन् । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि।गुरुङको सम्पादन छ ।
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार