दलित संघको महाधिवेशनः अध्यक्षमा देउवा र कोइराला पक्षको तानातान
नेपालबहस संवाददाता
फागुन २६, २०७८ बिहिबार २०:५४:५९
२६ फागुन, काठमाडौं । आगामा चैतको पहिलो साता हुने नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्ष पदमा धेरै जनाले दावी गरेका छन् । संघको महाधिवेशन चैत ७ देखि ९ सम्म बुटवलमा हुँदैछ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष दलित संघमा उम्मेदवार छनोटको कसरतमा छन् । यद्यपि दुवै समूहले उम्मेदवार टुंग्याउन सकेका छैनन् ।
अध्यक्ष पदका लागि दुबै समूहमा ६ जना भन्दा बढी नेताले आकांक्षा राखेका छन् । सभापति देउवा पक्षबाट शम्भु हजारा पासवान, लोकेन्न्द्र विक, रामकृष्ण लकान्द्री क्षेत्र सिंह टेलर लगायतले अध्यक्षको आकांक्षा राखेका छन् ।
संस्थापनइतरबाट डोबाटे विश्वकर्मा, मुक्त महते, शिव सुनार र कृष्ण बिके रसाइलीले अध्यक्षमा दाबी गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका तनहुँका डोबाटे गण्डकी प्रदेश सरकारका मन्त्री समेत हुन् ।
संस्थापन इतर समूहबाट अध्यक्षमा दावी गरेका महते दलित संघका पूर्व उपाध्यक्ष हुन् । रामेछापका उनले तत्कालीन जिल्ला विकास समितिमा उपेक्षित,उत्पीडित दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।
पूर्व सांसद समेत रहेका पासवान दलित संघको पूर्व उपाध्यक्ष हुन् । मधेसी मूलका पासवान नेता विमलेन्द्र निधि निकट भएका कारण गत मंसिरमा भएको १४औं महाधिवेशनमा देउवा पक्षको केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा पर्न सकेका थिएनन् ।
अर्घाखाँचीका लोकेन्द्र विक पनि देउवा पक्षबाट अध्यक्षका आकांक्षी हुन् । उनी नेता मानबहादुर विश्वकर्मा निकट छन् । दलित संघका वर्तमान उपाध्यक्ष रामकृष्ण लकान्द्री अमेरिकाबाट दलित संघको अध्यक्षमा उम्मेदवार बन्नकै लागि नेपाल आएका छन् ।
संस्थापनइतरबाट अध्यक्षमा दाबी गर्नेमा काभ्रेका शिव सुनार कांग्रेसका महासमिति सदस्य हुन् । बाँकेका महाधिवेशन प्रतिनिधि कृष्ण विके रसाइली पनि संस्थापनइतरबाट अध्यक्षको दौडमा छन् । दलित संघको राजनीतिमा देउवा पक्षका नेता मीन विश्वकर्मा र कोइराला पक्षका नेता जीवन परियारको पनि चलखेल बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भुकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१ मंगलबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सोचमा सरकार
पुष २३, २०८१ मंगलबार
सार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१ मंगलबार
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
पुष २३, २०८१ मंगलबार