यस्तो छ शेयरबजारको साप्ताहिक समीक्षाः बजार बिस्तारै सम्हालिँदै (प्राविधिक पक्षसहित)
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार १७:९:११
२७ फागुन, काडमाडाैं । यो साताको अन्तिम कारोबारमा शेयरबजारमा ५२.३१ अंकले बढोत्तरी आएको छ । गएको एक महिनादेखि लगातार गिरावट आएको शेयरबजारमा यो साता हाप सेन्चुरी भन्दा बढी अंकले उकालो लागेको हो ।
आधारभुत तथा प्राविधिक बिश्लेषकहरुले बजार अब घट्न रोकिएको बताएका छन् । क्लबहाउस तथा ब्रोकरहाउसमा भेटिएका लगानीकर्ताहरु पनि अब बजारमा बटम लागेको बताउँछन् । यो साता शेयरबजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन घट्यो भने २ दिन बढ्यो ।
साप्ताहिक रुपमा बजारमा लगभग १० अर्ब १६ करोड भन्दा बढी कारोबार भयो । गत साता २५४७.०४ मा अंकमा बन्द भएको बजार यो साता
२५६६.०४ मा बन्द भएको छ । यो हिसाबले बजारमा यो साता १९.८६ अंकले बढोत्तरी आएको छ ।
यो साता औषत दैनिक कारोबार साढे २ अर्बले भएको छ । यो साता सुखद तथा लगानीकर्ताको बलियो मनोबलको साथ बन्द भएको बजार आगामी साता पनि उकालो लाग्न सक्ने
बिश्लेषकहरुको तर्क छ ।
प्राविधिक पक्षः
प्राविधिक रुपमा विभिन्न औजारहरुलाई केलाउँदा यो साता लगानीकर्ताको मनोबल बलियो बन्दै गएको देखिन्छ । बोलिङगर ब्याण्ड अन्तरगत ब्याण्ड केही खुम्चिदै गएको र बजारले तल्लो ब्याण्डमा छोएर हरियो मारुबुजु क्याण्डल बनेको छ । यसको साथै अघिल्लो दिनको क्याण्डलसँग मिलाएर हेर्दा बजारले बुलिस इन्गल्फिङ बनेको देखिन्छ । ( हेर्नुस कालो एरो)
एमएसीडी अन्तरगत हेर्दा पनि बिस्तारै हिस्टोग्राम छोटा छोटा हुँदै गएका छन र एमएसीडी लाइन बुलिस क्रस ओभरको नजिक नजिक भएको देखिन्छ । ( हेर्नुस कालो एरो)
आरएसआई अन्तरगत न्युन बिन्दु २७ को जोनबाट हुक बनाएर बजार फकिर्न कोशिश गरेको देखिन्छ । भोलुम पनि बिस्तारै बढेको छ । यी चारवटै इन्डिकेटरले बजारमा क्रमशः सुधार हुँदै गएकोले घट्ने क्रम रोकिएको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार