उमेशप्रसाद थानी निगमको कार्यकारी निर्देशकमा नियुक्त
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार १७:२४:३९
२७ फागुल, काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्री परिषदको बैठकले सिफरिस गरिएका तिनमध्ये थानीलाई नियुक्त गरेको हो ।
निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको सिफारिस समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रसाद सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम पठाएको थियो ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कांग्रेसनिकट इन्जिनियर थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट थानीलाई नियुक्त गरिएपछि देउवालाई सहज हुने बताइएको छ ।
सुर्खेतका थानी कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका अध्यक्ष हुन् । सुरेन्द्र पौडेलको कार्यकाल सकिएसँगै निगमको कार्यकारी निर्देशक पद रिक्त थियो । गत पुसमा मन्त्रालयले निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको थियो ।
कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने, व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । थानी विद्युत प्राधिकरण र सडक बोर्डमा राजनीति नियुक्ती समेत खाइसकेका व्यक्ति हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सोचमा सरकार
पुष २३, २०८१ मंगलबार
सार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१ मंगलबार
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
पुष २३, २०८१ मंगलबार
मंगलबार बिहानको भूकम्पले नेपालमा पुर्याएको क्षति बुझ्न सशस्त्रले खटायो २५०० जनशक्ति
पुष २३, २०८१ मंगलबार