लुम्बिनीमा उम्मेदवारको योग्यता र मापदण्डसहित चुनावी अभियान सुरु
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार १८:३६:४
२७ फागुन, बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा उम्मेदवारको योग्यता र मापदण्डसहित स्थानीय तहको चुनावी प्रचार सुरु गरेको छ ।
कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडका अनुसार लुम्बिनी प्रदेशका सवै जिल्लामा चुनावी अभियानका लागि सो क्षेत्रका सवै नेता तथा कार्यकताहरु जुटेको बताए ।
उनले कांग्रेसका प्रदेश समिति र जिल्ला समितिहरुले जनतामाझ पुगेर चुनावी अभियान सुरु गरेको कांग्रेका आगामी उम्मेदवारहरुका विषयमा पनि जानकारी गराउन थालेको बताए ।
मन्त्री खाँडका अनुसार प्रदेश समितिले प्रदेशका १२ वटा जिल्लामा प्रतिनिधि खटाएर चुनावी अभियान थालेको छ ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतका नेताहरुले कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔ’ भन्ने अभियान गाउँ–टोलसम्म पु¥याउन सवै मापदण्डहरु तयार गरेको र गाउँगाउँ पठाएको स्थानीय नेताहरुले बताएका छन् ।
नेताहरुले दिएको जानकारी अनुसार स्थानीय तहको निर्वाचन अभियानसंगै कांग्रेस लुम्बिनीले स्थानीय तहमा उठ्ने उम्मेदवारहरुको मापदण्ड र योग्यता समेत तय गरेको छ ।
कांग्रेस लुम्बिनी प्रदेश समितिको बुटवलमा बसेको बैठकले आगामी बैशाख ३० गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड र योग्यता तय गरेको हो ।
नेताहरुका अनुसार बैठकले उम्मेदवार बन्न ६ वटा आधार र योग्यता तय गरेको छ । पार्टीमा गरेको योगदान, कार्य क्षमता र कार्य कुशलता, दक्षतासहितको समावेशितालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्यागका आधारमा मूल्यांकन गरी उम्मेदवार तय गर्ने मापदण्ड ताकिएको छ ।
निर्वाचन प्रतिस्पर्धी पार्टीका उम्मेदवारको अवस्थालाई हेरेर उचित प्रतिस्पर्धा हुनेगरी स्थानीय तहमा उम्मेदवार तय गर्ने र स्थानीय तहको निर्वाचनमा अन्य पार्टीहरुसँग गठबन्धन गर्ने वा नगर्ने सम्बन्धमा सम्बन्धित स्थानीय तहलाई नै परिस्थितिअनुसार अघि बढ्ने अधिकार दिइएको छ ।
लुम्बिनी प्रदेशमा रहेका १०९ वटै स्थानीय तहमा उम्मेदवार तयार गरेर स्थानीय तहको चुनावमा भिड्ने तयारीका साथ अभियान थालेको छ । बुटवल, तुलसीपुर, घोराही र नेपालगञ्ज उपमहानगरमा समेत यो पटक जित्ने दावी कांग्रेसको छ ।
कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले चैत दोस्रो साताभित्र स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाउने निर्णय पनि गरेको छ । अभियानमा कांग्रेस केन्द्रीय प्रतिनिधिको पनि उपस्थिति रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१ मंगलबार
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
पुष २३, २०८१ मंगलबार
मंगलबार बिहानको भूकम्पले नेपालमा पुर्याएको क्षति बुझ्न सशस्त्रले खटायो २५०० जनशक्ति
पुष २३, २०८१ मंगलबार
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाइ बल्ल दिइयो जानकारी
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
के तपाईलाई अत्यधिक रिस उठ्छ ? त्यसो भए यी कुरा जान्नुहोस्
पुष २३, २०८१ मंगलबार