इन्जिनियर्स एसोसिएनको मतदान जारी, पाँच समुह प्रतिस्पर्धामा
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार १९:४५:५७
२७ फागुन,काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएन ‘नेइए’ को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ । देशभरका १४ स्थानमा विहान ९ बजेदेखि सुरु भएको मतदान साँझ पाँच सकिने बताइएको छ ।
मतदाताहरु २१ हजार ६८० छन् । निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षे हुन्छ ।
३३ औं केन्द्रीय कार्यकारिणी समितिका लागि पाँच समूह प्रतिस्पर्धामा छन् । डेमोक्रेटिक पक्षधरका दुई समूहले छुट्टाछुट्टै प्यानल खडा गरेका छन् ।
डेमोक्रेटिक इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स ९सिडेन० दुई समूहमा विभाजित भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका डा. हरिबहादुर दर्लामी र दिलीप कुमार झाले प्यानल सहित उम्मेदवारी दिएका छन् ।
दर्लामीलाई पार्टीको साथ छ भने झालाई सिडेनका ६ पूर्वअध्यक्षहरुको समर्थन छ । आफ्नै संगठनबाट वागी उम्मेदवार बनेपछि सिडेनले झासहित १३ जनालाई निष्कासन समेत गरेको छ ।
सत्ता गठबन्धनका अन्य तीन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट तीन दल निकटका इन्जिनियरहरुले डा। हरिराम पराजुलीको नेतृत्वमा प्रतिस्पर्धा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार