विवादबीच प्रेस चौतारीको अध्यक्षमा फेरी बस्नेत
सरला बैजु
फागुन २९, २०७८ आइतबार १६:३६:२३
२९ फागुन, काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत दोहोरिएका छन् । पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बस्नेत यसअघि पनि प्रेस चौतारीको अध्यक्ष थिए ।
चैतारीको उपाध्यक्षहरूमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर चुनिएका छन् भने महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् ।
कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन् ।
गएराति बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष विष्णु रिजालले गणेश बस्नेत नेतृत्वको कार्य समिति वाचन गरेर सुनाएको थियो । नाम वाचन गरिएकाहरुले मात्रै मनोनयन दर्ता गर्न भनेपछि अन्यले असन्तुष्टि जनाएका छन् ।
अध्यक्षमा दाबी गरेका माधव तिवारीले निर्वाचन लड्न नदिएको भन्दै संगठनबाट अलग हुने बताएका छन् । अध्यक्ष मण्डलका सदस्यहरुले समेत सहमति नगरी टिम घोषणा गरिनु दुःखद भएको बताएका छन् ।
तिवारीले प्रेस चौतारी नेपालको नवौं महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न समेत नपाएपछि साधारण सदस्य समेत नरहने गरी आजैदेखि निष्क्रिय रहने बताएका छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार