मंगलम वायरसेफ नेपाली बजारमा
नेपालबहस संवाददाता
फागुन २९, २०७८ आइतबार २३:५१:५८
२९ फागुन, काठमाडौं । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि ले सातौँ नेपाल बिल्डकन एक्स्पोमा “मंगलम वायरसेफ” लन्च गरेको छ ।
शहरी विकास मन्त्री माननीय राम कुमारी झाँक्रीले संचारकर्मीहरुको उपस्थितीमा वायरसेफको अनावरण भएको हो । शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको यो नेपालकै सबैभन्दा ठूलो एक्स्पो हो र यसमा मंगलमको सहभागिता रहेको छ ।
वायरसेफFRLS विद्युतीय कन्ड्युट पाइप घर धनीहरुका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको छ । एउटा सामान्य घर बनाउँदा प्रायः खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरु प्रयोग गरिए पनि चेतनाको कमी र उत्पादनको अनुपलब्धताले गर्दा वायरिङ्गको लागि भने कालो एचडिपिइ पाइप नै अझै पनि प्रयोग गरिन्छ । तर यो पाइप वायरिङ्गको लागि बनेको हुँदैन र यसले विद्युतीय जोखिमहरुबाट बचाउँदैन ।
मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, “हाम्रो नयाँ उत्पादन मंगलम वायरसेफ लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं, जुन अहिलेको आवश्यकता हो ।
हामीले विद्युत चुहावटका कारण सर्ट सर्किट र अन्य दुर्घटनाहरूका धेरै समाचार सुन्दै आएका छौँ । घर राम्रो र बलियो बनाउन सही निर्माण सामाग्रीको साथ–साथै सहि पाइपिङ र प्लम्बिङको छनोट पनि उत्तिकै महत्वपूर्ण हुन्छ किनकि घरको लागि पाइपिङ भनेको शरीरको लागि नशा जस्तै हो । वायरसेफको उपलब्धता सँगै अब यस्ता विद्युतीय दुर्घटनाबाट हुन सक्ने मानवीय र आर्थिक क्षति कम हुने विश्वास गर्दछौँ ।”
मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । मंगलम्को हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् र यसका सबै उत्पादनहरू ISO 4985 प्रमाणित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार