दुई वर्षदेखि रोकिएका पाटनका मेला महोत्सव चलाउन माग
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार २०:४२:५५
३० फागुन, पाटन । नेपाल हस्तकला महासंघले कोरोनाका कारण दुई वर्षदेखि ललितपुरको पाटनमा रोकिएका मेला तथा प्रर्दशनी आयोजना गर्न नगरपालिकासँग माग गरेको छ । पाटनको नागवहालमा आइतबार आयोजित महिला हस्तकला मेलाको समापनका अवसरमा महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले लामो समयसम्म मेला र प्रर्दशनी नहुँदा व्यवासायीहरू मारमा परेको बताए ।
उनले भने, ‘चार वर्षदेखि खासै मेला प्रर्दशनी नहुँदा आर्थिक क्षेत्र चलायमान भएन । अब नगरपालिकाले बजेटनै छुट्टाएर वर्षमा ६ वटा मेला आयोजना गरोस् ।’ मेला प्रर्दशनी आयोजना गर्न आफूले के गर्नु पर्ने हो त्यो गर्न तयार रहेको महानगरकी उपमेयर गीता सत्यालले बताइन् ।
उपमेयर सत्यालले आफू विश्व कला नगरी पाटनको कला संरक्षणमा काम गर्न सधैँ तयार रहेको बताइन् । उनले जति पनि बजेट राखेर का मगर्न तयार रहेको बताउँदै भनिन्, ‘तर काम चाँही हुनु पर्यो ।’
महागरपालिका(१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले मेलाको उत्साहपूर्ण सहभागीताले गर्व लागेको बताए । उनले भने, ‘हामी नगरपालिकाको तर्फबाट वडामा हरेक वर्ष मेला आयोजना गर्न तयार छौं । कोरोना माहामारीका कारण दुई वर्ष भने मेला भएनन् । अब नियमित हुन्छ ।’
वल्ड क्राफ्ट एसोसिएसनले ललितपुरलाई कला नगरी घोषणा गरे पनि निरन्तर रुपमा मापदण्ड पूरा नगरे हटाउन सक्ने प्रावधान रहेको कलाकर्मीको भनाइ छ ।
मेलाका व्यवस्थापक सुजन बज्राचार्यले मेलाले आगामी दिनमा काम गर्न सिकाएको बताए । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको सद्भभावनामा महानगरको १६ नम्बर वडाले महिला उद्यमी मेला आयोजना गरेको हो । मेलामा विभिन्न ५२ वटा स्टल थिए । मेलामा फेस पेन्टिङ, फुड स्टल, बाजा, कला तथा तस्बिर प्रर्दशनी आयोजना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
आजदेखि राजविराज महोत्सव हुँदै
कात्तिक १५, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
असोज ३०, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार