चैत ८ देखि १० गते सम्म ‘डडेल्धुरा महोत्सव’ हुने
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार २१:५४:१५
३० फागुन, डडेल्धुरा । ‘डडेल्धुरा महोत्सव २०७८’ हुने भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा ८ देखि १० चैतसम्म टुँडिखेलमा ‘डडेल्धुरा महोत्सव’ हुने भएको हो।
आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी दिएको हो। रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताए।
‘हामीले आफ्नो कार्यकालको अन्तिम समयमा महोत्सव गर्ने अवसर पाएका छौं। यो एउटा सुनौलो अवसर हो। महोत्सवले अमरगढीको मात्र नभएर डडेल्धुरासहित सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ,’ उनले भने, ‘सुदूरपश्चिमा थुप्रै पर्यटकीय स्थल भए पनि प्रचार(प्रसार हुन नसक्दा ओझेलमा परेको छ।’
महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने नगर प्रमुख ओझाले जिकिर गरे। महोत्सवमा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा जोड दिइनेछ। प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिन लागिएकाले कर्णाली पारिका कुनै पनि कलाकारलाई महोत्सवमा स्थान नदिइने ओझाको भनाइ छ।
महोत्सवमा सुदूरपश्चिमका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै हुडकेली, छलिया, डेउडालगायतका स्थानीय प्रस्तुति हेर्न सकिनेछ। महोत्सव निःशुल्क हेर्न पाइनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
आजदेखि राजविराज महोत्सव हुँदै
कात्तिक १५, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
असोज ३०, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार