अस्पतालजन्य फोहोर व्यवस्थापनमा कोरियाको सहयोग
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २२:१३:४३
१ चैत, काठमाडौं । सार्वजनिक स्वास्थ्य संस्थालाई संक्रमणमुक्त तुल्याउने उद्देश्यले गणतन्त्र कोरियाले अस्पतालजन्य फोहोर व्यवस्थापनका निम्ति तीनवटा अस्पताललाई रु ४१ लाखभन्दा बढीका उपकरण प्रदान गरेको छ ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, नुवाकोट जिल्ला अस्पताल र टीकापुर अस्पताललाई आज ती उपकरण हस्तान्तरण गरेको हो । कोइका नेपाल कार्यालयले गत वर्षदेखि वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । त्यसै क्रममा उसले कागेश्वरी मनोहरा नगरपालिकाका पाँच र ललितपुर महानगरपालिकाका दुईवटा विद्यालयलाई वातावरणीय समस्या समाधान गर्न सहयोग गरेको थियो । कोरियाली सहयोगमा भक्तपुर क्यान्सर अस्पतालमा पनि फोहोर व्यवस्थापन परियोजना सञ्चालन भइरहेको कोइकाले जनाएको छ ।
कोइकाले आज एक विज्ञप्ति निकालेर उक्त सहयोगबाट समग्र अस्पतालको फोहोर व्यवस्थापन प्रणालीमा सुधार हुने तथा अस्पतालजन्य फोहोर व्यवस्थापनका साथै स्वस्थ र जिम्मेवार व्यवहारको विकास भई अस्पतालमा सङ्क्रमणको जोखिमलाई कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बलिउड अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना
असार १७, २०८१ सोमबार
बेनी–दरबाङ सडक खण्डसँगै जोडिएको रणवाङको फाँट
असार १७, २०८१ सोमबार
शेरीगाउँ आसपासको दृश्य
असार १७, २०८१ सोमबार
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
असार १७, २०८१ सोमबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार