दुई महिनाभित्र बिजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको प्रतिबद्धता
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १६:४५:२९
२ चैत, बारा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताइन् । आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उनले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वनको चरणमा पुर्याइएको जानकारी दिइन् ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि त्यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने कारण देखाउँदै टाङ्गिया बस्तीमा विद्युतीकरण हुनसकेको थिएन । विमानस्थल बन्ने अवस्थामा यहाँका बासिन्दासँगै विद्युतीकरणका संरचना सार्ने गरी विद्युतीकरण गर्न लागिएको हो । वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता रहेका यहाँका जनताले बिजुलीको उज्यालोमा बस्न पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री भुसालको भनाइ छ । नवलपुरको सबस्टेशन उद्घाटका लागि सर्लाही जाँदा मन्त्री भुसाल मङ्गलबार टाङ्गिया बस्तीमा समेत पुगेकी हुन् । उनले यहाँका जनताका घरमा चाँडै बिजुलीको उज्याले पुग्ने प्रतिबद्धता व्यक्त गर्दै बिजुलीको उज्यालोमा बस्न पाउनु जनताको मौलिक अधिकार भएको बताइन् ।
टाङ्गिया बस्तीमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणले टेन्डर गरीसकेको जानकारी गराउँदै मन्त्री भुसालले भनिन्, “यहाँका जनताले अब बढीमा दुई महिनाभित्र राष्ट्रिय प्रशारण लाइनको बिजुली बाल्न पाउनेछन् ।” आफ्नो अधिकार पाउनका लागि निरन्तर आवाज उठाउन सुझाव दिँदै उनले जनताको आवश्यकतानुसार सबै क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध गराउने बताइन् । मन्त्री भुसाले भनिन्, “अहिलेसम्म अध्यारोमा बसेर दुःख पाउनुभयो, अब ऊज्यालोमा बस्न पाउनु हुनेछ । हामी पर्याप्त विद्युत दिन्छौँ, भान्सा, कृषि, उद्योग र सबै यातायातका क्षेत्रमा विद्युत प्रयोग गर्नुहोस् ।”
टाङ्गिया बस्तीका करिब एक हजार ५०० घरधुरीको विद्युतीकरणका लागि रु दुई करोड ६० लाख बजेट विनियोजन गरिएको छ । मन्त्री भुसालले बजेट अपुग भएमा थप रकमको व्यवस्था गरेर भए पनि विद्युतीकरण कार्यक्रम पूरा गर्ने विश्वास दिलाइन् । त्यस अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले बिजुली बाल्नका लागि यहाँका जनता आतुर रहेको थाहा पाएर विद्युतीकरण कार्यलाई तीव्रता दिएको बताएन् । उनले भनिन्, “प्रस्तावित पूर्वाधार नबनेसम्म मानव बस्ती भएको स्थानमा राज्यले न्यूनतम सुविधाबाट नागरिकलाई बञ्चित गराउन हुँदैन, यसका लागि मन्त्रालयको निरन्तरतको प्रयासबाट यस बस्तीमा विद्युतीकरण गर्न सफल हुन लागेका छौँ ।”
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टाङ्गिया बस्तीमा बत्ती पु¥याउन तीन वर्षअघि नै कोसिस गरिएको भए पनि सफल हुन नसकेको स्मरण गर्दै ऊर्जा मन्त्रालयबाट भएको निरन्तरको प्रयास र पहलबाट अहिले विद्युतीकरणका लागि गाँठो फुकेको बताए । उनले भने, “१५ दिनको समय दिएर ठेक्का आह्वान गरिसकेका छौँ, कुनै समस्या नआएमा दुई महिनाभित्र यस बस्तीमा राष्ट्रिय प्रसारण लाइनबाट बत्ती बाल्ने गरी काम भइरहेको छ ।”
यस बस्तीमा तामाङ, मगर, दलित र क्षेत्री–बाहुनको बसोबास छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र सुकुम्बासी बस्तीका नाममा यहाँ शिक्षा, खानेपानी, सडक, विद्युत्जस्ता आधारभूत पूर्वाधारको समेत विकास गरिएको छैन । जीतपुर सिमरा उपमहानगरपालिकाका २४ वडामध्ये सबैभन्दा कम प्राथमिकतामा १६ नं वडा रहेको स्थानीय सुन्दर सुनारले बताए । उनले आफूहरूको निरन्तरको प्रयासबाट विद्युतीकरण हुने थहा पाएपछि खुसी व्यक्त गरे । उनका अनुसार यहाँ ग्राभेल भएको बाटो छैन र पठनपाठनका लागि माध्यमिक विद्यालय छैन । जिल्ला समन्वय समितिका सदस्य मुक्ति लामाले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नाममा राज्यले टाङ्गियावासीमाथि अन्याय गरेको गुनासो गरे ।
विसं २०३१ देखि टाङ्गिया बस्तीमा बस्दै आउनुभएका ६६ वर्षीय विष्णुबहादर मगरले हालसम्म पनि बिजुली बाल्न नपाएको यथार्थ सुनाउँदै अब छिट्टै आफ्ना घर उज्यालो हुने आशा व्यक्त गरे। यहाँका बासिन्दाले उज्यालोका लागि सोलार प्रयोग गर्दै आएका छन् । सोलारबाट विद्युतीय पङ्खा नचल्ने हुँदा तराईको अत्यधिक गर्मी सहेर यहाँका बासिन्दा बस्न बाध्य छन् । हुस्सु लागेको बेलामा सोलारले काम नगर्ने र हिउँदका तीन–चार महिना टुकी बालेर बस्नुपर्ने बाध्यता रहेको मगरले सुनाए । निम्न माध्यमिक विद्यालयमा अध्ययनरत गङ्गा रानामगरले घाम नलागेका बेला सोलारको बत्ती मधुरो हुने भएकाले टुकीकै सहारामा पढ्नपर्ने बाध्यता रहेको सुनाए ।
यद्यपि पछिल्लो समय टाङ्गिया बस्तीका जनताले वर्षौँदेखि झेल्दै आएको बिजुली बत्तीको समस्या समाधान हुने विश्वास बढेर गएको वडाध्यक्ष केदारबहादुर बजगाईँले बताए । उनले यस बस्तीमा विद्युत् आएपछि जडान गर्नका लागि आवश्यक सिफारिस वडाले निःशुल्क गरिदिने र मिटरमा लाग्ने शुल्कमा ५० प्रतिशत रकम व्यहोरिदिने घोषणा गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार