सुनको मूल्य ओरालो, प्रतितोला कति ?
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १७:१२:३८
२ चैत, काठमाडौं । सुनको मूल्य यो साता ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ तोकिएको थियो । यसैगरी सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको संघले जनायो ।
मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ । साताको पहिला दिनको तुलनामा साता चौथो दिन बुधबार सुनको मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेको छ ।
बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारर एक हजार तीन सय ७० रुपैयाँ तोकिएको संघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार