जागिरको प्रलोभनमा ठगेर विदेश भाग्नेलाई इन्टरपोल लगाएर कारबाही गर्ने श्रममन्त्रीको चेतावनी
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १७:५१:४१
२ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेश पठाएर जागिर दिन्छु भन्दै श्रमिक ठगेर विदेश भाग्ने जो कोहिलाई पनि अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लगाएर कारवाही गर्ने चेतावनी दिएका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग छलफल गर्दै जागिर दिन्छु भन्दै ठग्नेलाई जहाँ भेटे पनि कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनले नेपालबाट रोजगारीका लागि विदेश जान चाहनेहरुलाई राम्रो ठाउँमा पठाए दिने र तलव पनि राम्रो हुने भन्दै गैरकानूनी रुपमा ठगेर विदेश भागेकाहरु धेरै भएको र उनीहरु खाडी मुलुक वा अन्य कुनै देशमा लुकेर बसेको भएपनि इटरपोल लगाएर खोजि गरी ठाउँका ठाउँ कारवाही गरिने बताए ।
मन्त्री श्रेष्ठले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन इन्टरपोलसंग सहयोगका लागि आग्रह गरिएको र यसले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने भन्दै गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा अब नजोगिने बताए ।
उनले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर कानुनले तोकेको प्रक्रियायाभन्दा बाहिरबाट नेपालीलाई यूएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाही गरेरै छाड्ने बताएका हुन् ।
नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएका थिए । उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको जानकारी दिए ।
नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सजिलोका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपीलाई जिम्मेवारी दिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार