‘द कश्मीर फाइल्स’ शुक्रबारदेखि नेपालमा प्रदर्शन हुँदै
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १८:२४:५१
२ चैत, काठमाडाैं । यतिबेला चर्चामा रहेकाे अनुपम खेर स्टारर बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ शुक्रबारदेखि नेपालमा पनि प्रदर्शन हुँदै छ ।
वितरक मनोज राठीले देशभरका हलमा फिल्म प्रदर्शन हुन लागेको जानकारी दिए । भारतीय बक्स अफिसमा फिल्मले पाँच दिनमा ६०.२० करोड नेट कमाइ गरेको छ । पहिलो दिन ३.५५ करोड कमाएको फिल्मले दोस्रो दिन ८.५० करोड, तेस्रो दिन १५.१० करोड र चौंथो दिन १५.५ करोड कमाइ गरेको थियो ।
पहिलो साताको समाप्तिसम्म फिल्मले ९० करोड भारु नेट कमाइ गर्ने प्रक्षेपण गरिएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मलाई ‘ब्लकबस्टर’को रुपमा उल्लेख गरेका छन् । यो फिल्मबाट भारतको कमाइ र समीक्षाको ट्रेन्डको प्रभाव नेपाली बक्स अफिसमा समेत देखिने अनुमान गरिएको छ ।
विवेक अग्निहोत्रीले निर्देशन गरेको यस फिल्ममा मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशीलगायतको अभिनय रहेको छ । फिल्मले कश्मीरी पण्डितमाथि हुने अत्याचारको कथालाई चित्रण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार