होलीमा रंगको असर र स्वस्थ होली : डा. रवीन्द्र पाण्डे
नेपालबहस संवाददाता
चैत ३, २०७८ बिहिबार १३:१७:३०
फागु पुर्णिमाको दिन खेलिने होलीमा प्रयोग हुने रंग, पानी र आहारले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर नगरोस् भन्ने बिषयमा सचेत हुनु जरुरी छ ।
बजारमा पाइने रंग गुणस्तरविहिन र मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने खालका छन् । पाउडरको रुपमा पाउने ती रंगहरुमा निम्न केमिकल हुन्छन् ।
१. शिशाका कण – यसले बालबालिका तथा गर्भस्थ शिशुलाई प्रतिकुल असर गर्दछ । ती कण मृगौला, कलेजो, हाड तथा आँखामा डिपोजिट भएर मेटाबोलिक लगायत असर गर्दछ ।
२. क्रोमियम – यसले ब्रोंकाइटिस, दम र एलर्जी गराउँछ ।
३. कपर – यसले आँखा, मृगौला, कलेजो र श्वासप्रश्वासमा असर गर्दछ ।
४. पारो – अप्रशोधित पारोले मृगौला, कलेजो तथा गर्भस्थ शिशुलाई असर गर्दछ ।
५. आइरन – यसका कणले छालालाई असर गर्दछन ।
६. सिलिका – यसले छाला सुख्खा र खस्रो बनाउँछ । छालाको क्यान्सर, दम, तथा आँखामा असर पनि गर्दछ ।
७. औद्योगिक रंगको प्रयोगले दम, छालाका रोग तथा अन्धोपन गराउँछन् ।
८. लेड अक्साइडले मृगौला फेलर, मर्करी सल्फेटले छालाको क्यान्सर गराउन सक्छ ।
९. भिजेको रंगमा विषाक्त मिश्रण हुन्छन् जसमा इन्जिन आयल समेत हुन्छ ।
१०. होलीमा प्रयोग हुने फोहोर पानीले छालामा एलर्जी, आँखामा असर तथा सरुवा रोग लाग्ने सम्भावना हुन्छ ।
११. होलीमा अत्यधिक रक्सी तथा अन्य पदार्थको सेवन गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्दछ ।
होलीलाई कसरी सुरक्षित बनाउने ?
पर्यावरणमैत्री तथा प्राकृतिक रंगको प्रयोगले होलीलाई सुरक्षित बनाउन सकिन्छ । उदाहरणस्वरूप – चामलको पिठो, बेसार, चुकन्दर ( बिटरुट ) का ससाना टुक्रा, सलाद खाने रातो बन्दका ससाना टुक्रा, चन्दन, केशर, बिभिन्न रंगका फूल, जराकाण्डको फूल आदिको मिश्रण बनाएर घरेलु बाताबरणमा होली खेल्न सकिन्छ ।
होली खेल्नुपूर्व कपालमा तेल लगाउने, अनुहारमा दही, बेसार आदिको फेस प्याक लगाउने, सनस्क्रिन लोसन लगाउने, छालामा मोस्चराइजर लोसन लगाउने, सबैतिर छोप्ने प्रकारको चस्मा लगाउने, सफा पानीको प्रयोग गर्ने तथा स्वस्थ भोजन र प्रशस्त पानीको सेवन गरेर होलीलाई स्वस्थ बनाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार