यो साता ६४.३५ अंकले बढेको शेयरबजार आगामी साता कस्तो रहला ? (प्राविधिक पक्षसहित)
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार १७:०:५९
४ चैत, काठमाडौं । यो साता शेयरबजारमा ४ दिन कारोबार भयो । सातामा बजार दुई दिन् बढ्याे भने दुई दिन घट्यो । अघिल्लो साता २५६६.९० बिन्दुमा बन्द भएको शेयरबजार यो साता २६३१.२५ मा बन्द भयो ।
यो हिसाबले बजार साता भरमा ६४.३५ अंकले बढ्यो । साताको पहिलो कारोबार दिन आइतबार १०१ ले उकालो लागेको थियो । सोमबार नेप्सेको टीएमएसमा समस्या देखिएसँगै नियमित कारोबार १ घण्टा मात्रै भयो । मंगलबार र बुधबार बजारमा सामान्य रुपमा नै कारोबार भयो ।
मंगलबार बजारमा करिब १७ अंकले गिरावट आयो भने बुधबार बजार करिब २० अंकले घटेर बन्द भयो । यो साताभरमा १२ अर्ब ७ करोडको कारोबार भयो । साताभरको बजार समग्रमा बढेर बन्द भएको छ ।
यो महिनामा बजारमा चैत्र मसान्तको प्रभावसँगै बजार सामान्य रुपमा नै चल्ने बिश्लेषहरु बताउँछन । बैशाख लागेसँगै तेस्रो त्रैमासको प्रतिवेदन पनि आउन थाल्ने र बजारले पनि गति लिने शेयरबजारका जानकारहरु बताउँछन् ।
प्राविधिक पक्ष
प्राविधिक रुपमा यो साता बजारमा बिभिन्न औजारहरुका कारण बजारमा घट्ने क्रम रोकिएर बिस्तारै बजार सम्हालिँदै गएको देखिन्छ ।बोलिङगर ब्याण्ड अन्तगर्त बजार मुल्य रेखाले मध्य ब्याण्डलाई छोएर कारोबार भएको छ ।
यदि आगामी कारोबारमा बजारमा हरियो मारुबुजु क्याण्डल बन्छ भने बजारले बुलिस यात्रा तय गरेको बुझिन्छ । एमएसीडी अन्तगर्त १५ मार्च
२०२२ मा दैनिक चार्ट अन्तगर्त बजार बुलिस क्रसओभर भएको छ । हिस्टोग्राम पनि सकारात्मक भएका छन् । (हेर्नुस कालो एरो)
आरएसआई ४४ को बिन्दुमा रहेको छ । यो भनेको सेन्ट्रल जोन नजिक रहेको छ भन्ने हो । भोलुमको अवस्था भने सामान्य नै रहेको देखिन्छ ।समग्रमा सबै सूचकहरुले बजार सामान्य नै देखाउँछन् ।
यदि डाउ थेउरी अन्तगर्त आगामी कारोबारमा बजारमा हाएर हाई र हाएर लोका सिरिजहरु बन्दै जान्छन भने बजार बुलिस भएको मानिने छ । डाउ थेउरी अन्तर्गत नै बजार आगामी साता यदि २६८५ भन्दा माथि जान्छ भने बजारमा प्रस्ट बुलिस बन्दै गरेको बुझिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार