पोखराको लेकसाइडमा फेवा नव बर्ष महोत्सव हुने
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार १७:२९:५
४ चैत, पोखरा । होटल संघ पोखरा नेपालले १७औँ फेवा नव वर्ष महोत्सव गर्ने भएको छ । ३० चैतदेखि १ वैशाखसम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारी सुरु भएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । कोभिड १९ संक्रमणका कारण दुई वर्षसम्म महोत्सव हुन पाएन । यसपटक कोरोना केही कम भएकोले महोत्सवलाई निरन्तरता दिन लागिएको उनले सुनाए ।
महोत्सवलाई सञ्चालन गर्न अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएका छन् । कोभिड १९ का कारण थला परेको पर्यटनलाई पुनः जागृत गर्न महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ ।
‘अहिले लेकसाइडमा पर्यटक खासै छैनन् । विदेशी पर्यटक त छैनन् भन्दा पनि हुन्छ,’ उनले भने, ‘केही नेपाली पर्यटकका कारण हामी धानिएका छौं । अब विस्तारै इभेण्टमा फोकस गर्नुपर्छ ।’
पछिल्ला दिनहरूमा पोखरामा आन्तरिक पर्यटक निकै बढेका छन् । भारतीय पर्यटकसमेत पोखरा घुम्न थालेका छन् । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न महोत्सवले सघाउने होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुली बताउँछन् । रेष्टुरेण्ट एण्ड बार एसोसियसन पोखराले हरेक अंग्रेजी वर्षमा नयाँ वर्ष महोत्सव तथा सडक महोत्सव आयोजना गर्दै आएको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई स्वागत गर्न हानले कार्यक्रम गर्न थालेको हो ।
होटल संघले गत ८(११ फागुन सम्म ‘जाउँ है पोखरा’ अभियान पूरा गरेको छ । पूर्वी नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तरक्रिया र भेटघाट गरेर पर्यटक डाकिएको हो । सोही क्रममा महोत्सव घुम्नका लागि समेत निम्ता दिइएको सुवेदीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार