महोत्तरीका सबै स्थानीय तहको ५५ प्रतिशत बजेट सडक सञ्जालमा खर्च
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार १८:३:४५
विशाल बस्नेत
३ चैत, महोत्तरी । जिल्लाको एक तथ्यांकअनुसार महोत्तरीका सबै पालिकाहरूको कुल बजेटको करिब ५५ प्रतिशत बजेट सडक सञ्जालमा नै खर्च भएको देखिएको छ । यति धेरै खर्च हुँदा पनि प्रत्यक्ष जनसरोकारसँग जोडिएका सडक सञ्जाल भने कमै छन ।
गौशाला नगरपालिकाको औरही पुलदेखी(गौशाला मरहा पुलसम्म बनेको करिब सात किलोमिटर सडकले स्थानीय सरकारको कार्यकालभरि कै नमुना कामको पहिचान बनाएको छ । करिब तीन करोड लगानीमा बनेको यस कालोपत्रे सडकले चारवटा वडाका ३० हजार जनसंख्यालाई विकटताबाट उद्धार गरेको छ ।
वडा न।१, ३, ४, ६ लाई छोएको सडक सञ्जाल नगरपालिकाको मूख्य सडकसम्म मात्र जोडिएको छैन, किसानहरूका उत्पादित वस्तुलाई स्वेच्छाले बर्दिबास तथा लालबन्दीसम्म पुगेर बेच्नका लागि सहज बनाइदिएको छ ।
ञजताततै सडक सञ्जाल बनाएर मात्र विकाश हुने होइन, त्यसको उपयोगिता जनतालाई कसरी राहत दिइरहेको छ भन्ने मूख्य विषय हो,झ नगरपालिकाका नगरप्रमुख सिवनाथ महतो बताउँछन् ।
हुन त स्थानीय सरकारको कार्यकालभरिको उन्नतिलाई हेर्ने हो भने अन्य पालिका जस्तै यहाँ पनि अधिकतम बजेट सडक सञ्जाल विस्तार गर्नमा नै खर्च भएको छ । नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको सुरुको वर्षमा खासै सडक सञ्जाल विस्तारमा ध्यान नदिए पनि दोस्रो आर्थिक वर्षवाट सडक निर्माणमा ठूलो रकम खर्च भयो । पाँच वर्षसम्म आइपुग्दा लगभग ३० करोड रकम सडक सञ्जालमा नै खर्च भएको छ ।
अहिलेसम्म आइपुग्दा पालिकामा करिब ३० किलोमिटर सडक ढलान भएको छ भने यो आर्थिक वर्षसम्म गरेर लगभग ११ किलोमिटर कालोपत्रे सडक बन्दै छ । सबै आर्थिक वर्षमा भएका कामहरूलाई जोड्ने हो भने २० किलोमिटरको हाराहारीमा सडक स्त्तरोन्नति तथा विस्तारका काम भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार