भन्सार छली भित्र्याइएको दुई करोड ८५ लाखको सामान बरामद
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार १९:१२:४०
४ चैत, वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु दुई करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामान छन् ।
विभिन्न समयमा बरामद गरिएका ती सामग्री वीरगञ्ज भन्सार कार्यालय र बारास्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ । गत माघमा रु ६२ लाख, फागुनमा रु एक करोड १४ लाख र चैतको हालसम्ममा रु एक करोड आठ लाखको सामान बरामद गरिएको हो ।
बरामद गरिएका अधिकांश सामान अवैधरुपमा भन्सार छली नेपाल ल्याइएको रहेको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणले जनाएको छ । सशस्त्र प्रहरीले पछिल्लो पटक चोरी, निकासी तथा तस्करी नियन्त्रणको अभियान सञ्चालन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार