जनजाति संग्राहलयको निर्माणाधी भवनमा हुर्कियो उत्तिस
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार १९:२५:५९
३ चैत, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा रहेको जनजाती संग्रहालयको भवन अलपत्र परेको छ । २०६७ सालमा निर्माण सुरु गरिएको आदिवासी जनजाति संग्रहालयको भवन निर्माणको काम आर्थिक अनियमितताका कारण सुरुवाती चरणमै अलपत्र परेको हो ।
तत्कालीन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई, भवन निर्माणको जिम्मा लिएका विष्णुराज राई र भक्तकर्ण राईले कोषाध्यक्षको कीर्ते हस्ताक्षर गरेर बैंकबाट रकम झिकेको भन्दै बढेको विवादका कारण भवन निर्माणको काम बीचम अलपत्र बनेको हो । आदिवासी जनजातिका पुर्खाले आदिम कालमा प्रयोग गरेका हातहतियार, लुगाफाटा, गरगहना, बाजागाजालगायतका सामग्री राख्नका लागि निर्माण सुरु गरिएको संग्रहालय भवनको जग र पर्खाल उठाउनेबाहेकका काम अघि बढ्न सकेन । निर्माणाधीन भवनको जगमा झार, झाडी र उत्तिसको रुख हुर्किसकेको छ ।
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर, कामको जिम्मा लिएका विष्णुराज र भक्तकर्णले कोषाध्यक्ष रामकुमारी राईको कीर्ते हस्ताक्षर गरी बैंकबाट रकम निकासा गरेको भन्दै २०७० सालमा अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । संग्रहालय भवन निर्माण उपभोक्ता समितिको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नम्बर २५८३ को रकम आफ्नो कीर्ते हस्ताक्षर गरी १३ लाख ८३ हजार निकासा गरिएको भन्दै कोषाध्यक्ष राईले उजुरी दिएकी थिइन् । गुणस्तरहीन भवन बनेकाले आफूले रकम निकासा गर्न हस्ताक्षर नगरेको तर कीर्ते गरेर रकम निकासा गरिएको कोषाध्यक्ष राईको भनाइ छ ।
आर्थिक अनियमितता भएको भन्दै अख्तियार र प्रशासनमा उजुरी परेकाले थप रकम छुट्टयाउन नमिल्ने भएपछि अलपत्र भवन निर्माणको कामलाई अघि बढाउन सकिने अवस्था छैन । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई र भवन निर्माणको काममा संलग्न भक्तकर्ण राईको मृत्यु भइसकेका कारण पनि यस विषयमा कुन काम कारबाही हुन नसकेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार