अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा !
नेपालबहस संवाददाता
चैत ४, २०७८ शुक्रबार २३:४३:५४
४ चैत, काठमाडौं । रूस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बीबीसीका अनुसार रूसले युक्रेनमा आक्रमण शुरू गरेपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको हो ।
विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनी रूसविरुद्ध पश्चिमा मुलुकहरूको प्रतिबन्धहरू कडा हुँदै जाँदा तेलको मूल्यमा उच्च वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
गएको मंगलबार बे्रन्ट क्रुडले १२५ अमेरिकी डलर प्रति ब्यारलमा कारोबार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । वेस्ट टेक्सास इन्टरमिडियट (डब्लु टी आई) ले १२० प्रति ब्यारलमा कारोबार गरेको छ ।
यसअघि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको थियो । एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो । तर, पछि १३० डलरभन्दा कममा आइपुग्यो । एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ ।
फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैनिक अपरेशन सञ्चालन गरेपछि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको थियो । युद्ध सुरु गरेको भन्दै अमेरिका, युरोपियन देशहरु लगायतका देशहरुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाउँदा तेलको मूल्यमा वृद्धि भएको हो ।
रुस कच्चा तेल उत्पादनमा विश्वकै तेस्रो ठूलो राष्ट्र रहेको छ । रुसले युद्ध कायमै रहँदा पनि प्रति दिन ७० लाख व्यारल तेल अन्तराष्ट्रिय बजारमा पठाउने गरेको छ । तर अन्य देशहरुले रुसले गर्ने तेल निर्यातमा प्रतिबन्ध लगाउने भनेसँगै तेलको अभाव सिर्जना हुँदा कच्चा तेलको मूल्य १४ वर्ष यताकै उच्च भएको छ ।
यसैबीच , अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य ३०० डलरसम्म पुग्न सक्ने रुसले चेतावनी दिएको छ । प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताएका छन् ।
रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन अमेरिका र युरोपेली देशहरुले दिएको दबाब रुसी कम्पनीहरुले महसुस गर्न थालिसकेको नोभाकले बताएको छ । साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो । रुस एक्लैले युरोपेली मागको एक तिहाइ तेल आपूर्ति गर्छ ।
धेरै एयरलाइन्सहरूले पहिले नै इन्धन खरिद गरेर यी परिवर्तनहरूबाट आफूलाई बचाउने प्रयास गर्छन्। इजीजेट र ब्रिटिस एयरवेज दुवैले हालै भनेका छन् कि उनीहरूले यो वर्ष आफ्नो इन्धनको ६० प्रतिशत आवश्यकता पूरा गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार