लिफ्टिङबाट घरघरमा खानेपानीका धारा
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार १८:२०:४४
६ चैत, तनहुँ । म्याग्दे गाउँपालिका–२स्थित लिफ्ट झ्यालगैह्रा खानेपानी आयोजना निर्माण भइ स्थानीयवासीका घरघरमा खानेपानी उपलब्ध गराइएको छ । सङ्घीय सरकार र गण्डकी प्रदेशको गरी कूल रु दुई करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना निर्माण गरिएको हो ।पानीको समस्याका कारण यस क्षेत्रका मानिसले धेरै कठिनाइ भोग्दै आएको स्थानीय उपभोक्ता सोमबहादुर थापाले बताए ।
संघीय सरकारबाट रु एक करोड ४६ लाख ४९ हजार ५४९, प्रदेश सरकारबाट रु ४० लाख ८७ हजार ५६ र थप रु तीन लाख ४२ हजार १६८ उपलब्ध गराउनका साथै रु ६० लाख २५ हजार ६०६ बराबरको श्रमदान व्यहोरिएको थियो । झ्यालगैह्राबाट ऋषिथुम डाँडासम्म करिब एक किलोमिटर लामो दूरीमा खानेपानी लगेर ट्याङ्कीमा सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको छ ।
उक्त आयोजनाबाट १६७मध्ये हाल १३९ घरधुरीका बासिन्दा लाभान्वित भएका उक्त आयोजनाका सचिव ईश्वरराज काफ्लेले जानकारी दिए । उनले भने, “एक सय चालिस वटा धारा निर्माण गरी पानी वितरण गरिएको छ ।” साठी वटा सोलार प्यानल जडान गरी बस्तीभन्दा तल रहेको खोल्सीको पानी ३५० मिटर भर्टिकलको उचाइमा उठाएर पन्ध्र हर्षपावर क्षमताको मोटरको सहायताले लिफ्ट गरी ऋषिथुम डाँडामा निर्माण गरिएको ४० हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले उक्त आयोजना उद्घाटन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार