एटीएममा ५०० को नोट अभाव, सबैभन्दा बढी मर्कामा बिद्यार्थी
नेपालबहस संवाददाता
चैत ७, २०७८ सोमबार २१:२०:४२
७ चैत, काठमाडौं। स्थानिय चुनावको मिति नजिकिदै जाँदा बैंकका एटीएममा पनि नोट अभावको असर देखापर्न थालेको छ । हाल अधिकांश बैंकहरुको एटीएममा ५०० को नोट नै पाईदैन । एनआईसी एशिया बैंकका एक कर्मचारीले पनि हाल बैंकिङ सिस्टमबाट हजारको भन्दा पनि बढी मात्रामा ५०० को नोटको अभाव भएको पुष्टि गरे । उनले भने “बैंकमा डिपोजिट आँउदा धेरैजसो एक हजारको नोट आउँछ । ग्राहकले निकाल्दा भने बढी जसो ५०० कै नोट नै माग्ने गर्छन् ।”
अहिले बजारमा एक हजारको भन्दा पनि ५०० को नोटको अभाव भएको स्वंय बैंकका कर्मचारीहरु नै स्वीकार गर्छन । केही समय पहिला अर्थ मन्त्रालयका एक अधिकारीले पनि अनौपचारिक कुराकानीमा बैंकिङ सिस्टमबाट पैसा हराएको बताएका थिए । यसको सिधा असर भने बिद्यार्थीलाई परेको शंकरदेव क्याम्पसका एक बिद्यार्थीले गुनासो पोखे । उनले भने, हामीलाई घरबाट खाजाको लागि थोरै पैसा मात्रै बैंकबाट पठाई दिन्छन । हामीले पनि पाँच पाँच सय दरले निकाल्ने गर्थ्यौ ।
तर केही समयदेखि भने बैंकहरुको एटीएममा पाँच सयको नोट नै पाउन छाडेको छ । एक हजार निकाल्दा पहिले एटीएमले पाँच सय दरको नोट दिन्थ्यो । तर केही समय यतादेखि भने प्रायः हजारको मात्रै दिने गर्छ । चिया, खाजा खाँदा पनि हजारको नोट नै दिनुपर्ने बाध्यता अहिले बिद्यार्थीलाई रहेको छ, ती बिद्यार्थीले पनि भने । सरस्वती क्याम्पसकी छात्रा माया क्षेत्रीले पनि आफुहरुले गएको ६ महिनादेखि यस्तै समस्या भोगेको बताइन ।
किन हरायो त पाँच सयकै नोट ?
ग्लोबल बैंकका एक कर्मचारीले पनि अहिले पाँच सयको नोट आभाव भएको पुष्टि गरे । ती कर्मचारीका अनुसार पाँच सयको नोट अभाव हुनको मुख्य दुई कारण हुन सक्छन् । पछिल्लो समय नोटबन्दीको चर्चा भएपछि बैंकबाट पैसा निकाल्दा हजार भन्दा पनि पाँच सयको नोटको बढी माग हुनु । दोस्रो भनेको निक्षेप आउँदा नै पाँच सयको नोट कमी आएपछि बैंक तथा बैंकका एटीएममा पनि अभाव हुनु स्वभाविक नै भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार