उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा कठायत र देवकोटा चुनावी मैदानमा
नेपालबहस संवाददाता
चैत ७, २०७८ मंगलबार २:१२:०
७ चैत, जुम्ला । देशको तीन खम्बे अर्थतन्त्र नीति मध्यको प्रमुख मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघ जुम्लाको १६औं चुनावी साधारण सभामा व्यवसायी भैरव कठायत र पुरीचन्द्र देवकोटाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । देवकोटा नेपाली कांग्रेस निकटबाट र कठायत वामपन्थी प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
देवकोटाको प्यानलबाट प्रथम उपाध्यक्षमा डम्बर खड्का, उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी, कोषाध्यक्षमा देवेन्द्र उपाध्याय, सदस्यमा दिलबहादुर रोकाया, सुनिता श्रेष्ठ, लक्ष्मीचन्द्र भट्टराई भूपेन्द्र बुढा, कमल रोकाया र देवीप्रसाद चौलागाईं रहेका छन् ।
यस्तै महिला सदस्यमा अनुपमा रोकाया, दलित सदस्यमा बलबहादुर सार्की र जनजाति सदस्यमा नन्दबहादुर गुरुङको उम्मेदवारी रहेको छ । देवकोटा प्यानलको लेखा समितिको संयोजकमा खड्क धामी, सदस्यमा धनबहादुर बोहरा र पूर्णप्रसाद चौलागाईंले उम्मेदवारी दिएका छन् ।
यस्तै युवा व्यवसायी कठयतको प्यानलमा प्रथम उपाध्यक्षमा नन्दराज धिताल, उपाध्यक्षमा डँगे सार्की, महासचिवमा पूर्ण आचार्य, कोषाध्यक्षमा कमलबहादुर महत, सदस्यमा पूर्णबहादुर बुढ्थापा, दलबहादुर महतारा, लोगजंग रावल र ज्ञानबहादुर सुनारको उम्मेदवारी रहेको छ ।
यस्तै महिला सदस्यमा चन्द्रवती उपाध्याय, जनजाति सदस्यमा मिमलाल श्रेष्ठ र दलित सदस्यमा डम्बर सार्कीको उम्मेदवारी रहेको छ । यस्तै लेखा समितिको संयोजनकमा बालकृष्ण बुढाक्षेत्री, सदस्यमा देविदास बुढा र शिवलक्ष्मी महतको उम्मेदवारी रहेको उद्योग वाणिज्य संघ जुम्लाका निर्वाचन संयोजक दिलबहादुर महतले बताए । १६औं चुनावी साधारण सभाको मतदाता संख्या ५०७ जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार