तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
चैत ८, २०७८ मंगलबार १३:९:२८
वि.सं.२०७८ साल चैत्र ०८ गते । मंगलबार । ईश्वी सन् २०२२ मार्च २२ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–चतुर्थी, बिहान ०८ बजेर १३ मिनेट उप्रान्त पंचमी । नक्षत्र–विशाखा, बेलुकी १० बजेर ०४ मिनेट उप्रान्त अनुराधा । योग– हर्षण, दिउँसो ०३ बजेर ०२ मिनेट उपान्त बज्र । करण–बालव, बिहान ०८ बजेर १३ मिनेट उप्रान्त कौलव, बेलुकी ०७ बजेर १२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–तुला, बेलुकी ४ बजेर १२ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १५ मिनेट । दिनमान ३० घडी १८ पला । मंगलचौथीव्रत । जल दिवस ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन् भने परिवारजनको साथले नयाँ आशा पलाउने छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइने छ। आयआर्जन पनि राम्रै हुने छ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइने छ । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेको छ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने समय रहेको छ । पढाईलेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउने छ । व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिने छ । कुनै पनि प्रतिस्पर्धामा तपाईकै नाम आउने छ । मामा तथा मावली पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेको छ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिने छ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुशि हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जाने छ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुने छ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउने छ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहने छ भने सबैले तपाईको क्षमताको कदर गर्ने छन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुने छ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
सिंह‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिने छ । समयको भरपुर सदुपयोग गरी भाग्य बृद्धी गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिने छ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिने छ । छोटो, रमाईलो तथा उपलब्धीमुलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिने छ भने बालिको माध्यमबाट राम्रा तथा परिणामूखी काम गर्न सकिने छ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाईलो वातावरणमा दिन कटाउन सकिने छ । मायाप्रेममा नजिक हुने समय रहेको छ ।
तुला‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिने छ । पढाईलेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुने छ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- लामो दुरिको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पती तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ । तरपनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- नयाँ कामको प्रस्ताव आउने छ, भने नोकरीमा पदोन्नती हुनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने बिद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्रस्थानमा आउने छ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाँफा कमाउन सकिने छ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउने छ ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउने छ । सहयोगीहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईको चुम्बकिय ब्यत्तित्वले सबैको मन तान्ने छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलतापूर्वक जीम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिने छ । साथिभाई तथा आफन्तका साथ रमाईलो वातावरणमा दिन बित्नेछ । पढाईलेखाईमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरुभन्दा अग्रस्थानमा तपाईको नाम आउने छ । सरकारी क्षेत्रमा तपाईको गतिलो सहभागीले समाजमा छुट्टै पहिचान बनाउन सकिने छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । मायाप्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहने छ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुने छ । दिदिबहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखी टाडिन सक्छन् ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार