‘हेल्लो जिन्दगी’ का लागि स्वदेश आए बिक्रम
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १३:५७:१४
८ चैत, काठमाडौं । बेलायत निवासी अभिनेता तथा निर्माता बिक्रम डि जोशी आफ्नो फिल्म ‘हेल्लो जिन्दगी’ को प्रमोशनका लागि शुक्रबार काठमाडौं उत्रिएका छन् ।
उनलाई ‘रिसिभ’ गर्न निर्देशक एभरेष्ट सूर्य बोहरा, मुख्य सहायक निर्देशक सुदीप कुँवर,सहनिर्मात्री तथा अभिनेत्री सविता गुरुङलगायतका कलाकर्मी त्रिभुवन अन्तरराष्ट्रिय बिमल स्थल पुगेका थिए । स–परिवार स्वदेश आएका उनलाई बिमान स्थलमा पन्चकन्याले स्वागत गरेका थिए ।
चैत्र १८ मा प्रदर्शन हुने ‘हेल्लो जिन्दगी’ मा बिक्रम प्रमुख भूमिकामा छन् । उनले करिब चार बर्षपछि यही फिल्मको प्रमोशन तथा रिलिजका लागि आफू मातृभूमि फर्किएको बताए । हरेक कोणबाट फिल्म गुणस्तरिय बनेकाले आफू निकै आशावादी रहेको उनले सुनाए । बिक्रम पत्नी तथा ‘हेल्लो जिन्दगी’ की निर्मात्री हिराल जोशीले कन्टेन दह्रो रहेकाले दर्शकले फिल्म मन पराउने बिश्वास ब्यक्त गरिन् ।
पछिल्लो समय प्रचारप्रशारमा खरो रुपमा उत्रिएको ‘हेल्लो जिन्दगी’ मा बिक्रमका साथमा प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्,सबिता गुरुङ,सनमकुमार बैराग,बिभिया श्रेष्ठ,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ ।
सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।
‘हेल्लो जिन्दगी’ को केही दिन अघि ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको थियो । अब छिट्टै नै लोकशैलीको एक गीत दर्शकमाझ ल्याउने तयारी गरिएको जानकरी निर्देशक बोहराले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार