जुवातास बन्द भएपछि महिलालाई राहत, घर-झगडा कम !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १७:२६:९
![](https://nepalbahas.prixacdn.net/media/albums/tas-11_k9KskyNUQA.jpg)
९ चैत, म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास बन्द गरिएपछि महिलालाई राहत मिलेको छ । जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुष घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न हुन थालेका छन् ।
स्थानीय सीता छन्त्याल जुवातास बन्द भएपछि महिलालाई राहत मिलेको बताउछिन । “जुवातास र मदिरामा भुल्ने पुरुष घरायसी र आम्दानी हुने काममा संलग्न हुन थालेपछि घरमा झगडा हुने क्रम घटेको छ”, उनले भने, “श्रीमान् श्रीमतीसँगसँगै काम गरेर आम्दानी गर्न थालेका छन् । सामाजिक सद्भाव र शान्ति कायममा मद्दत पुगेको छ ।”
समाज सुधार र परिवर्तनका लागि वडा कार्यालय, आमा समूह र युवा क्लबको पहलमा गुर्जामा जुवातास बन्द र मदिरा सेवनका लागि समय तोकिएको थियो । दुई सय ६५ परिवार बस्दै आएको गुर्जामा बिहान ५ देखि साँझ ६ बजेसम्म मदिरा सेवन गर्न रोक लगाइएको छ । विसं २०७४ देखि जुवातास बन्द गरिएको थियो । गाउँमा दैनिक आठ÷दशवटा खाल बनाएर पुरुष तास खेलेर समय बिताउँदा सामाजिक समस्या देखिएपछि जुवातास बन्द गर्ने निर्णय लिइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
“जुवातास बन्द गराउँदा केही व्यक्ति आक्रमण गर्न आए”, उनले भने, “अहिले धेरैले बुझेका छन् । समाजिक सुधारमा सहयोग पुगेको छ । घरायसी झगडा र विवाद घटेको छ ।” जुवातासमा भुल्नेहरू अहिले विकास आयोजनामा मजदुरी, खेती किसानी, जडीबुटी सङ्कलन र घरायसी काममा महिलालाई सघाउन थालेका छन् ।
महिलालाई घरायसी कामको बोझ घटेको पुर्माकुमारी विकले बताइन। आम्दानी हुन थालेपछि घरव्यवहार चलाउन सहज भएको उनको भनाइ छ । यसअघि विकास आयोजनामा श्रमदान र ज्यालामा काम गर्ने महिलाको सङ्ख्या अत्यधिक थियो । हाल फुर्सद भएका सबैले काम गर्छन् । खेतबारी र घरायसी काममा श्रीमान् श्रीमतीसँगसँगै हुन्छन् ।
विकाससँगै रोजगारी र आम्दानीको अवसर मिलेको इन्द्रबहादुर छन्त्यालले बताए। “ज्येष्ठ नागरिक र विद्यालय जाने बालबालिकाबाहेक सबै काममा हिँड्छौँ”, उनले भने, “दुई वर्ष पहिला रु दुई करोडभन्दा बढीको बजेटका योजना आउँदा हरेक घरमा रु एक लाखभन्दा बढी भित्रिएको थियो । स्थानीय सरकार आएपछि गाउँमा रोजगारी र आम्दानीको अवसर मिलेको छ ।”
भौगोलिकरूपमा विकट गुर्जाका बासिन्दाले यसअघिको दुई आर्थिक वर्षमा गल, घन, कुटो, कोदालो, बाउसो, बेल्चालगायत उपकरण प्रयोग गरी दुई किलोमिटर सडक खनेका थिए । गुर्जामा यस वर्ष स्वास्थ्य चौकी भवन, दुई झोलुङ्गे पुलसहित ११ योजना सम्पन्न हुँदै छन् । ओमथान र दुलढुनाको स्टिल ट्रस पुल र रु ६ लाखको मलामी आश्रयस्थलको काम सकिएको छ । अन्य योजना कार्यान्वयनका क्रममा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
मनप्रिय मनाङ !
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार