लमजुङमा तीन दिनमै १४ सय भन्दा बढीले म्यादी प्रहरीमा भर्ना हुन फारम भरे
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १७:३१:५६
९ चैत, लमजुङ । आगाम ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै लमजुङमा फारम भर्नेहरूको भिड लागेको छ । सहरबजार तथा ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरू भर्ना हुन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन विद्यार्थीदेखि बेरोजगार युवायुवती तथा गृहिणीसमेत अधिक मात्रामा छन् ।
मंगलबारसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा १४ सय ६४ जनाको फारम दर्ता भएको छ । जसमा दुई सय ४३ महिला र १२ सय २१ जना पुरुषले फारम दर्ता गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार लमजुङमा नौ सय ८६ म्यादी प्रहरीको माग छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कार्कीका अनुसार आइतबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम ११ चैत साँझ ५ बजेसम्म रहनेछ । उनले म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने बताएका छन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
शिलान्यासको सत्र वर्षपछि कालोपत्रको काम सुरु
माघ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
देश बदल्न युवाको आगमन : कांग्रेसका महामन्त्रीहरूले के गर्दै होलान् ?
माघ १५, २०८१ मंगलबार